स्याङजाकै एकमात्र बालगृह, उदाहारणिय काममा नेपाल निजामती कर्मचारी संगठनको सहयाेग ।
स्याङजा ०७ बैशाख २०७६ शनिवार विहानै एक हुल कर्मचारीरुकाे समुह सदरमुकाम बाट आ आफ्ना सबारीसाधन चढेर एकाएक फेदिखाेला गाउँपालिका तर्फ हुईकिए । धेरै लाई यस बारेमा जानकारी नभएपनि ति अगुवा कर्मचारीहरु काे गनतब्य स्थल त्यो दिन फेदिखाेला गाउँपालिकाकाे वडा नं. १ मा संचालित बालगृहमा पुग्नु रहेकाे थियो । यसरी दैनिक प्रशासनिक क्षेत्रमा कृयाशिल कर्मचारीकाे समुह त्यहा एक्कासी पुग्दा जाे कोहीलाई आश्चर्य लाग्नु स्वभाविक भए जस्तै वाल गृह संचालनमा अग्रणी भूमिका खेलेकी समाजसेवी महिला कल्पना पराजुली आश्चर्यमा नप्रने कुरै भएन । कर्मचारीहरुले उनकाे आश्चर्यलाई धेरै समय थाती रहन दिएनन् उनिहरुले आफुरु त्याहा आउनकाे कारण पनि खाेलीहाले । कारण रहेछ निजामती कर्मचारीहरुकाे हक हितकाे लागि लामाे संघर्ष पछि कानुनी रुपमा संगठन दर्ता भएकाे दिन काे अबसर पारेर उक्त संस्थामा सहयाेग गर्नु । नेपाल निजामती कर्मचारी ;संगठनले आफ्नो स्थापना दिवसकाे २९ ओै बर्षको अबसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाले उक्त बालगृहकाे व्यबस्थापकिय काममा सहयाेग हाेस भनि रु ५०००।(पाच हजार) प्रदान गर...