Skip to main content

एसइई परीक्षा आजबाट सुरु हुदै : घट्यो परीक्षा दिनेको संख्या

माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (आइतबार) बाट सुरु हुँदै छ । एसइईमा देशभरबाट चार लाख पचासीहजार विद्यार्थी सहभागी हुँदै छन् ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रकका अनुसार एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । त्यसमध्ये नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्ज्याम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी छन् । यस वर्ष एक्ज्याम्टेडतर्फ ९ हजार पाँच सय ९१, प्राविधिकतर्फ ९ हजार तीन सय ४३ र पुरानो एक्ज्याम्टेडतर्फ ५ हजार ८ सय ८३ सहभागी हुँदै छन् ।
एसइईमा सहभागी हुनेमा छात्राको संख्या बढी छ । २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिँदै छन् । सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी छन् । 
अघिल्लो वर्षको तुलनामा एसइई दिने विद्यार्थीको संख्या यस वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम चार लाख ७५ हजार ३ परीक्षार्थी छन् ।

Comments

Popular posts from this blog

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

न्याय सेवा शाखा अधिकृत २०७५।११।१७

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।