Skip to main content

Posts

Showing posts from March, 2019

नागरिक लगानी कोष विमा कोष र कर्मचारी संचय कोषको रकम अब सिधै बैक खातामा

नेपाल सरकारका  संघिय सेवाका सबै प्रकारका कर्मचारीहरुको तलब भत्ता वितरण गर्दा कट्टी गरीएको रकम अब सिधै कर्मचारी संचयकोष नागरिक लगानी कोष तथा विमा कोष को रकम अब सिधै बैक खातामा जम्मा हुने भएको छ ।

स्याङजा जिल्लाका साबिक जिल्ला विकास समितिका स्थायी कर्मचारीहरुको सामयोजन

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले देशभरका साविक जिल्ला विकास समितिका स्थायी कर्मचारीहरुकाे समायोजन सम्पन्न गरेको छ । २०७५ चैत्र १२ गते मन्त्री स्तरिय निर्णयको आधारमा उक्त समायोजना सम्पन्न भएको मन्त्रालयले जनाएको छ  । साविक जि.वि.स.का स्थायी कर्मचारीहरुको समायोजन विवरण समायोजन हुने जम्मा कर्मचारी संख्या: २७ सि.नं. कर्मचारीको नाम पद तह सेवा  समूह समायोजन हुने स्थानीय तह कैफियत १ कुल बहादुर दर्जी का.स. श्रेणिविहिन पाचौं प्रशासन पुतलीबजार न.पा. २ याम बहादुर मल्ल खरिदार सहायक चौथो  प्रशासन सा.प्र. कालीगण्डकी गा.पा. ३ धन प्रसाद कोइराला अधिकृत अधिकृत सातौ प्रशासन सा.प्र. पुतलीबजार न.पा. कुनै तहको रिक्त दरबन्दीमा मिलान गर्नेगरी ४ सूर्य ढकाल इन्जिनियर अधिकृत छैटौं ईन्जि सिभिल भिरकोट न.पा ५ पर्शुराम

अनिवार्य रुपमा सरकारी विध्यालयमा पढाउनु पर्ने : कालिगण्डकी गाउँपालिका स्याङजा

कालीगण्डकी गाउँपालिका स्याङजाले  सरकारी काेष बाट तलब भत्ता बुझ्नेले  कर्मचारी शिक्षक लगाएत विध्यालय व्यबस्थापन समितिकाका पदाधिकारी निजको संरक्षकत्वमा रहेका सन्तान लाई अनिवार्यरुपमा सरकारी विध्यालयमा पढाउनुपर्ने गरी  मिति २०७५।१२।०७ सूचना प्रकाशित गरेकाे छ ।

रिक्त प्रमुख निर्बाचन आयुक्तकाे पदमा दिनेश थपलियाकाे नाम सिफारिस

सम्वैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो । पुर्ब निर्बाचन आयुक्त अयोधि प्रसाद यादब ले अबास पाएपछि उक्त पद रिक्त थियो । थपलिया संघिय मामिला सचिब हुँदा उल्लेखनिय काम नगरेकाे गुनासो आईरहेपनि सम्बैधानिक परिषदले उनलाईनै प्रमुख निर्बाचन आयुक्तमा नियुक्तिकाे लागि सिफारिस गरेकाे गरेको हो ।

एसइई परीक्षा आजबाट सुरु हुदै : घट्यो परीक्षा दिनेको संख्या

माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (आइतबार) बाट सुरु हुँदै छ । एसइईमा देशभरबाट चार लाख पचासीहजार विद्यार्थी सहभागी हुँदै छन् ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रकका अनुसार एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । त्यसमध्ये नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्ज्याम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी छन् ।  यस वर्ष एक्ज्याम्टेडतर्फ ९ हजार पाँच सय ९१, प्राविधिकतर्फ ९ हजार तीन सय ४३ र पुरानो एक्ज्याम्टेडतर्फ ५ हजार ८ सय ८३ सहभागी हुँदै छन् । एसइईमा सहभागी हुनेमा छात्राको संख्या बढी छ । २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिँदै छन् । सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी छन् ।  अघिल्लो वर्षको तुलनामा एसइई दिने विद्यार्थीको संख्या यस वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम चार लाख ७५ हजार ३ परीक्षार्थी छन् ।

आर्थिक प्रशासन समाज स्याङजाको रमाईलो बनभोज सम्पन्न

स्याङजा ०६ चैत्र २०७५   सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाले विगत बर्षहरुमा जस्तै यस बर्ष पनि स्याङजा स्थित आर्थिक प्रशासन संग सम्बन्धित कर्मचारीहरुको सकृय सहभागिताम रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ । स्याङजा सदरमुकाम संगैको फुलबारी पार्कमा एक कार्यक्रमका विच उक्त  रमाईलो बनभोज सम्पन्न भएको हो । कार्यक्रका प्रमुख अतिथिको रुपमा स्यााङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी काे समेत सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रमको स‌चालन कोष तथा लेखा  नियन्त्रक कार्यालयका कोष  नियन्त्रक श्री अन्नतराज मरासिनीले गर्नु भएको थियो ।     २०७५ सालबैशाख देखी हाल सम्म स्याङजा जिल्लामा रहेर प्रत्यक्ष आर्थिक प्रशासन संचालन गरी यस जिल्ला बाट अन्य जिल्लाम सरुवा भइृ जानुभएका र उमेरहदको कारण अनिबार्य अबकाश प्राप्त गर्नु भएका कर्मचारीहरुलाई उक्त अबसरामा उहाहरुले गरेको कामको उच्च मुल्याङकन गर्दै  कदर स्वरुप मायाको चिनो र दोसल्ला ‌ओढाई सम्मान समेत गरिएको थियो ।          करिव १०० जना कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रम मा अतिथिहरुले कार्यक्रमको  सफलतको सुभकामना  व्यक्त गर्नु भएको थियो  । प्रायजस

नेपाल सरकार द्धारा २०७५ साल पाैष मशान्त सम्म सरकारी वाँकी नबुझाएको भन्दै ११८ जनाको नाम सार्बजनिक

२०७५ काे पाैष मशान्त सम्म सरकारी वाकी रकम नतिर्नेको नामावली सरकारले सार्बजनिक गरेको छ । सरकारी वाकी नतिरकेका वा त्यस्तो रकम नबुझाएका ११८ जनाको लामो सुची प्रकाशित गरिएको हो । केन्दिय तहसिल कार्यालय तथा कुमारी चोक कार्यालयबाट प्रकाशित उक्त सुचीमा सुची प्रकाशनको कारण बाट हुने हानी नोक्सानी स्वय‌ व्यक्ति हुने समेत जनाईएको छ ।    

१०९ औ अन्तराष्ट्रिय महिला दिवसको नारा लैंगिक समानताकाे लागि समान साेच र ब्यवहार : समृद्धिकाे अाधार

"Think Equal,Build Smart,Innovate for Change " "लैंगिक समानताकाे लागि समान साेच र ब्यवहार : समृद्धिकाे अाधार " भन्ने नारा सहिता २०७५ साल फागुन २४ गते अन्तराष्ट्रिय महिला दिबस नेपालमा पनि मनाईदै छ । यो दिवस मनाउनको लागि नेपाल सरकारले फागुन २४ गने नेपाल अधिराज्यभर सार्बजनिक विदा दिने निर्णय समेत गरेकाे छ । गृह मन्त्रालयले एक twitter  मार्फत उक्त कुराको सुचना प्रकाशित गरेका छ ।यसै सन्द्रर्भमा गण्डकी प्रदेशका मुख्य मन्त्रीकाे तर्फबाट पनि एक शुभकामना सन्देश जारी भएको छ ।

टीकापुर काण्डमा सांसद रेशम चौधरीसहित १२ जनालाई जन्मकैद

उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको छ।जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले आज यस्तो फैसला गरेको हो। सभासद रेशम चाैधरीलाई केही महिना अगाडि मात्रै अदालतमा हाजिर गराईएकाे थियो  । स्मरण रहोस उनले सभासद पदको सपथ ग्रहण समेत गरिसकेका छन । 

प्यारासुट जम्पमा घाइते भएका सैनिकलाई भेट्न अस्पताल पुगे रक्षा मन्त्री

सेना दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा भएको विशेष समारोहमा आफ्नो कौशल प्रदर्शनको क्रममा प्राविधिक कारणले घाइते भएका नेपाली सेनाका जवानलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अस्पतालमा गएर भेटेका छन् । त्यस अबसरमा रक्षामन्त्रीले घाइते सैनिक जबानकाे सिघ्र स्वास्थ्य लाभको कामन गरेका छन । तस्विर देश सन्चार डटकम बाट

फागुन १ गते बाट नै लागु हुने भयो अतिरिक्त काम गरे बापतको सुबिधा ।

सरकाले अतिरिकत समय काम गरे बापत दिने भत्ता लाई अझै कसिलो बनाएछ । विधुतिय हाजिरी अनिवार्य /एक महिनामा ८० घण्टा सम्म अतिरिक्त समय काम गर्नु पर्ने अतिरिक्त समयमा गरेकाे कामको विवरण प्रमाणित गरी राख्नु पर्ने ।

पूर्वअर्थमन्त्री भारतमोहन अधिकारीको निधन

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षिय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । अस्पतालले आज दिउसो पारिवार समेतको रोहवरमा पत्रकार सम्मेलन गरी उहाको उपचारमा कुनै कसर बाकी नराखिएको र हर सम्भब प्रयास गर्दा पनि सफल हुन नसकेको जनाएको थियो ।

२०७५ साल फागुन २० गते देश भर सार्बजनिक विदा

नेपाल सरकारले महाशिबरात्री तथा सेना दिबसकाे उपलक्ष्यमा २०७५ साल फागुन २० गते सार्बजनिक विदा दिएकाे छ । मिति २०७४।१२।१४ मा राजपत्रमा प्रकाशित सूचना अनुसार उक्त दिन नेपाल अधिराज्यभर सार्बजनिक विदा सम्बन्धी सूचिमा उक्त विदा परेकाे छ  । http://rajpatra.dop.gov.np/welcome/book?ref=23235

ज्येष्ठ नागरिकले सधै सम्झनेे एउटा तस्विर

भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर

पुर्ब र्अर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ ।उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् ।

न्याय सेवा शाखा अधिकृत २०७५।११।१७

आज एउटा नया कामको शुरुवात भएको छ यस्ले सधै निरन्तरता पाउनेमा म आशाबादी छ । धन्यवाद सबैमा  प