Skip to main content

Posts

Showing posts from February, 2023

मुख्यमन्त्री कप भलिवल प्रतियोगिताका २०७९ स्याङजाको वालिङमा शुरु ।

      प्रदेश खेलकुद परिषद गणड्की प्रदेश पोखराको आयोजनामा स्याङजा जिल्लाको वालिङमा मिति २०७९ फागुन १ गते देखि शुरु भएको  लिग चरणका विभिन्न खेलहरु सम्पन्न भएका छन । गण्डकी प्रदेश भलिवल संघको प्राविधिक सहयोगमा भै रहेको उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका माननिय सामाजिक विकास तथा खेलकुद मन्त्री पञ्चराम गुरुङ ले गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा आफ्नो मन्त्रव्यको क्रममा मन्त्री गुरुङले नेपाल मा  भलिवल खेलको सुरुवात भएको करिव ८५ वर्षको इतिहास रहेको अभिलेल सुनाउदै उहाले अबका दिनमा खेल क्षेत्रको उन्नती र प्रगतिमा आफु दत्त चित्त भएर लागि पर्ने वताउनु भयो । नेपाल सरकारले भलिवल खेल लाई राष्टिय खेल को रुपमा केही बर्ष  अगाडी घोषणा गरे संगै यस खेलका खेलाडीहरु थप उत्साहित भएको आफुले महसुस गरेको अनुभव पनि उहाले सुनाउनु भयो ।        आगामी दिनमा खेलकुद क्षेत्रमा पुर्बाधार विकासको खाँचो ओल्याउदै उहाले आफ्नो कार्यकालमा यस क्षेत्रमा उल्लेखनिय र रचनात्मक काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजक को तर्फ वाट आफ्नो शुभकामना मन्तव्य राख्दै छोटो स

गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अबसरमा आयोजना गरिएको मुख्यमन्त्री भलिवल प्रतियोगिताको तयारी पुरा

  गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । स्याङजा वालिङस्थित पूर्णामित भवानी मावीको खेल मैदानमा भोली सोमबार सुरु हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । गण्डकी प्रदेश स्थापनाको अवसरमा आयोजना हुने उद्घाटन खेलमा पुरुषतर्फ स्याङजा र लमजुङ भिड्ने छन् । लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको खेलकुद मन्त्रालय समेत समेटिएको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगिता अन्तर्गत पहिलो दिन महिला र पुरुषतर्फ गरी १६ वटा खेलहरु सञ्चालन हुनेछन् ।  प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने महिला तथा पुरुष टिमलाई क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २०–२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५–५ जनाले जनही नगद रु १०–१० हजारका साथमा