Skip to main content

Posts

Showing posts from September, 2020

करार ऐन, २०५६

  करार ऐन, २०५६ लालमोहर र प्रकाशन मिति  २०५७।३।१४ २०५७ सालको ऐन नं. ३ संशोधन १. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४ २०६४।५।९ करार सम्बन्धी कानूनको व्यवस्था गर्न बनेको ऐन प्रस्तावना ः करार सम्बन्धी प्रचलित कानून व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । परिच्छेद– परिच्छेद–१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस ऐनको नाम “करार ऐन, २०५६” रहेकोछ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा ः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “करार” भन्नाले दुई वा दुईभन्दा बढी पक्ष बीच कुनै काम गर्न वा नगर्नका लागि भएको कानून बमोजिम कार्यान्वयन गर्न सकिने सम्झौता सम्झनु पर्छ । (ख) “प्रस्ताव” भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रायले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ । (ग) “स्वीकृति” भन्नाले प्रस्तावका कुराहरु प्रस्तावकले जुन अर्थमा लिएको छ सो कुराका सम्बन्धमा प्रस्तावित व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनु पर्छ । (घ) “प्रत