Skip to main content

Posts

Showing posts from January, 2022

नेपाल निजामती कर्मचारी संगठन स्याङजाको १४ औ जिल्ला अधिवेशन सम्पन्न

स्याङ्जा १८ पौष,   नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति स्याङजाको १४ (चौधौ) जिल्ला अधिवेशन सभ्य एबं भव्य रुपमा मिति २०७८ पौष १७ गते स्याङजा जिल्ला  फूलवारीमा सम्पन्न भएको छ । निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति स्याङजाको आयोजनामा सम्पन्न  सो कार्यक्रमको अध्यक्षता  जिल्ला कार्य  समितिका अध्यक्ष श्री अमरबहादुर पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि  निजामती कर्मचारी संगठन केन्दिय कार्यसमितका उपाध्यक्ष श्री घनस्याम सापकोटा तथा विशिष्ट अतिथी केन्दिय कार्यसमितका सदस्य तथा स्याङजा जिल्ला इन्चार्ज रामहरी खतिवडा समेतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन  जिल्ला कार्य समितिका सचिव श्री निलकण्ठ ढकालले गर्नु भएको थियो  ।         उक्त कार्यक्रममा  अतिथीको मन्तव्य राख्दै अतिथिहरुले निजामती कर्मचारीहरुले छिटो छरितो स्वच्छ र पारदर्सी ढंगवाट  सेवा प्रवाह गर्नु पर्ने वताउनु भएको थियो । कार्यक्रममा कार्यसमिति अध्यक्ष एवं १४ औ अधिवेशन का सभापति श्री अमर बहादुर पराजुलीले मुलुकका हरेक परिवर्तनहरुमा नेपाल निजामती कर्मचारी संगठनले उल्लेखनिय भुमिका निर्बाह गरेको र से