आर्थिक प्रशासन समाज स्याङजाको रमाईलो बनभोज सम्पन्न

स्याङजा
०६ चैत्र २०७५
  सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाले विगत बर्षहरुमा जस्तै यस बर्ष पनि स्याङजा स्थित आर्थिक प्रशासन संग सम्बन्धित कर्मचारीहरुको सकृय सहभागिताम रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ । स्याङजा सदरमुकाम संगैको फुलबारी पार्कमा एक कार्यक्रमका विच उक्त  रमाईलो बनभोज सम्पन्न भएको हो । कार्यक्रका प्रमुख अतिथिको रुपमा स्यााङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी काे समेत सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रमको स‌चालन कोष तथा लेखा  नियन्त्रक कार्यालयका कोष  नियन्त्रक श्री अन्नतराज मरासिनीले गर्नु भएको थियो ।
    २०७५ सालबैशाख देखी हाल सम्म स्याङजा जिल्लामा रहेर प्रत्यक्ष आर्थिक प्रशासन संचालन गरी यस जिल्ला बाट अन्य जिल्लाम सरुवा भइृ जानुभएका र उमेरहदको कारण अनिबार्य अबकाश प्राप्त गर्नु भएका कर्मचारीहरुलाई उक्त अबसरामा उहाहरुले गरेको कामको उच्च मुल्याङकन गर्दै  कदर स्वरुप मायाको चिनो र दोसल्ला ‌ओढाई सम्मान समेत गरिएको थियो ।
         करिव १०० जना कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रम मा अतिथिहरुले कार्यक्रमको  सफलतको सुभकामना  व्यक्त गर्नु भएको थियो  । प्रायजसो हरेक बर्ष गरिने यस्ता कार्यक्रमले सार्बजनिक आर्थिक प्रशासन संचालन गर्ने कर्मचरीहरु विच परिचयात्म तथा अन्य व्यबसायिक घनिष्टता बढाउने कुरा उपस्थित सहभागीहरुको मत रहेको थियो । २०७५ साल को होली पर्बको विदाको दिनमा स‌चालित उक्त रमाईलो वनभोजको अर्को उत्कृष्ट पाटो होली खेल्ने  कार्यक्रम पनि साथै गरिएको हुँदा कार्यक्रम थप रोमान्चक बनेको थियो । होली खेल्ने कार्यक्रको शुरुवात भने प्रमुख जिल्ला अधिकारी श्री कोषहरी निरौला ज्यू बाट सर्बप्रथम प्रमुख कोष नियन्त्रक श्री खेमराज  घिमिरे ज्यूलाई अबिर रंगहरु लगाई शुरुवात गर्नु भएको थियो ।



Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली