Skip to main content

Posts

Showing posts from February, 2020

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।

सकारात्मक सोच सम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न ।।।

माघ २६, स्याङजा ।      जिल्ला समन्वय समिति, पुतली बजार नगरपालिका, तथा जिल्ला प्रशासन कार्यालय स्याङजाकाे सम न्वय तथा अमाेर सेवा नेपाल (वालगृह स्याङजा) काे मुख्य आयाेजनामा एक दिने सकारात्मक सोच सम्बन्धी १ दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।         जिल्ला प्रशासन कार्यालय स्याङजाकाे सभाहलमा सम्पन्न भएकाे उक्त कार्यक्रमको संचालन  जिल्ला प्रशासन कार्यालयका प्रमुख एबं प्रमुख जिल्ला अधिकारी श्री राम वहादुर लिम्वु ले गर्नु भएकाे थियो । मुख्य प्रशिक्षकको रुपमा निम्त्याइनु भएका प्रशिक्षक  श्री लाेकनाथ खनाल ले प्रशिक्षणको शुरुवात एक हिन्दी काहवत बाट शुरु गर्नु भएको थियो । देखो तो व्यायम हे जिन्दगी । पढो तो किताब हे जिन्दगी ।। सुनो तो ज्ञान हे जिन्दगी । हाँसो तो आसान हे जिन्दगी ।।      प्रशिक्षणका क्रममा प्रशिक्षक खनालले व्यायम माध्यमबाट मानब स्वास्थ्यमा हुने फाईदाकाे विषयमा केही कवितामय प्रबचन समेत दिनु भयो ।   कतै फूल्छ जिन्दगी यो काडै काडामा । कतै फूल्छ जिन्दगी याे डाडै डाडामा ।। जहाँ जता फुलेपनि जिन्दगी यो हाम्रो । सकारात्मक सोच भए जहाँ सुकै राम्रो ।।