Skip to main content

स्याङजाकै एकमात्र बालगृह, उदाहारणिय काममा नेपाल निजामती कर्मचारी संगठनको सहयाेग ।

स्याङजा ०७ बैशाख २०७६
  शनिवार विहानै एक हुल  कर्मचारीरुकाे समुह सदरमुकाम बाट आ आफ्ना सबारीसाधन चढेर एकाएक फेदिखाेला गाउँपालिका तर्फ हुईकिए  । धेरै लाई यस बारेमा जानकारी नभएपनि ति अगुवा कर्मचारीहरु काे गनतब्य स्थल त्यो दिन फेदिखाेला गाउँपालिकाकाे वडा न‌ं‍. १ मा संचालित बालगृहमा पुग्नु रहेकाे थियो । यसरी दैनिक प्रशासनिक क्षेत्रमा कृयाशिल कर्मचारीकाे समुह त्यहा एक्कासी पुग्दा जाे कोहीलाई आश्चर्य लाग्नु स्वभाविक भए जस्तै वाल गृह संचालनमा अग्रणी भूमिका खेलेकी समाजसेवी महिला कल्पना पराजुली आश्चर्यमा नप्रने कुरै भएन । कर्मचारीहरुले उनकाे आश्चर्यलाई धेरै समय थाती रहन दिएनन् उनिहरुले आफुरु त्याहा आउनकाे कारण पनि खाेलीहाले । कारण रहेछ निजामती कर्मचारीहरुकाे हक हितकाे लागि लामाे संघर्ष पछि कानुनी रुपमा संगठन दर्ता भएकाे दिन काे अबसर पारेर उक्त संस्थामा सहयाेग गर्नु । नेपाल निजामती कर्मचारी ;संगठनले आफ्नो स्थापना दिवसकाे २९ ‌ओै बर्षको अबसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाले उक्त बालगृहकाे व्यबस्थापकिय काममा सहयाेग हाेस भनि रु ५०००।(पाच हजार) प्रदान गरी  सामाजिक उत्तरदायित्वकाे क्षेत्रमा एउटा उदाहारणिय काम गरेकाे छ ।    सामाजिक क्षेत्रमा कृयाशिल विभिन्न स‌ंध संस्थाहरुकाे भिडमा आफ्नो छुट्टै पहिचान दिन सफल  अमाेर सेवा नेपाल काे उज्वल भविश्यकाे कामना गर्दै उपस्थित सबैले उक्त सुधार गृहले गरेका कामकाे प्रसंसा गरेका थिए ।कार्यक्रममा उपस्थित आधिकारिक टेड युनियनका अध्यक्ष श्री रुमागत सुबेदीले आफु र आफ्नो परिवारकाे तर्फबाट रु ३०५०। (तिन हजार पचास)स्वस्फुर्त सहयाेग गर्नु भएकाे थियाे ।
     उक्त कार्यक्रको सम्क्षिप्त प्रतिकृया दिदै संचालिका कल्पना पराजुलीले उपस्थित सबैमा धन्यवाद दिएकी थिईन । कार्यक्रममा आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति स्याङजाका सचिब निलकण्ठ ढकाल काे समेत उपस्थिती रहेकाे थियो । उक्त कार्यक्रममा उपस्थित अन्य कर्मचारीहरुमा  विष्णु प्रसाद ढकाल धनन्जय दाेरङ्गा अमर पराजुली जमुना काफ्ले सुबेदी  संस्थाका आजिबन सदस्य राजेन्द्र  पौडेल रमाकान्त सुबेदी लगाएतकाे उपस्थिती थियो । उपस्थित सबैले अमोर सेबा समाजले गरेकाे उक्त कामकाे प्रसंसा गरेका थिए  ।






Comments

Popular posts from this blog

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

न्याय सेवा शाखा अधिकृत २०७५।११।१७

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।