Posts

सुनौ कैही दार्सनिक कुरा

Image

culture program

Image

थारु समुदायको लठ्ठी नाँच

Image

सीप परीक्षणको लागि आवेदन दिने सम्बन्धि सूचना

Image
       प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्,राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board-NSTB) बाट स्विकृत राष्ट्रिय व्यवासयगत सीप प्रमाणिका अनुसार गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना र स्थानीय तहको लागत साझेदारिमा  सहुलियत शुल्कमा संचालन हुने भौचर प्रणालीमा आधारित पूर्व सिकाईको  मान्त्यता (Recognition of Prior Learning-RPL) विधि अनसुार  तपशिलको पेशाका  इकाइगत (Unit-Based) सीप परीक्षणमा सहभागी हनु चाहने स्वदेशी वा वैदेशिक रोजगारीवाट अनुभव प्राप्त तथा सीपयुक्त नेपाली नागरिकहरूबाट सम्बन्धित स्थानीय तहमा रहेका तपशिल बमोजिमका पेशा/व्यावसायमा फारम भरी तोकिएका संकलन केन्त्रहरूमा आवेदन फारम पेश गर्न सकिने छ  । सीप परिक्षण व्यावसाय र तह  आवेदनको लागि न्यूनतम शैक्षिक योग्यता आवेदन शुल्क रु २७०।-(दुइ सय सत्तरी मात्र) आवेदन पेश गर्न सकिने स्थानहरु सहभागीले आवेदन पेश गर्दा पालना गर्नु पर्ने शर्तहरु आवेदन फारमको नमुना 

कर्मचारी समायोजन २०७५ बमोजिम समायोजित सम्पुर्ण कर्मचारीको सेवा निवृत्त सुविधाको जिम्मा संघिय सरकारले लिने ।

Image
  नेपाल सकारले कर्मचारी सामायोजन ऐन २०७५ बमोजिम गाउँपालिका नगरपालिका तथा अन्य निकायहरुमा समायोजन भएका सम्पुर्ण कर्मचारीहरुको सेवा निवृत सुविधाहरु जस्तै संचित विदा औषधी उपचार तथा उपादान बापतको रकम साविकमा व्यवस्था गरिएका कोषहरुबाट भुक्तानी गर्न नपुग हुने भएमा संघिय सरकारको कोष वाट भुक्तानी गर्ने भएको छ ।    यहि मिति २०८१ पौष ०९ गतेको नेपाल सरकार मन्त्रीपरिषदको वैठक बाट भएका निर्णयहरुमा सो सम्बन्धमा पनि निर्णय भएको हो ।  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फ वाट मन्त्री परिषदमा लगिएको प्रस्ताबको सम्बन्धमा निर्णय गर्दै मन्त्रिपरिषद वाट साविकमा जिल्ला विकास समितिमा स्थायी नियुक्ती भई कर्मचारी समायोजन ऐन २०७५ बमोजिम गाउँपालिका तथा नगरपालिकामा समायोजन भएका र अन्य सेवा वाट गाउँपालिका तथा नगरपालिका मा समायोजन भै अबकास भै सकेका तथा अब अबकास हुने कर्मचारीहरुको  सञ्चित विधा औषधि उपचार र उपदानको रकम कल्याणकारी कोष र अन्य त्यस्तै प्रकृतिका कोषबाट भुक्तानी गर्ने र उक्त कोषमा रकम नभएमा वा भएको रकम नपुग भएमा यसरी नपुग भएको रकम अर्को कानुनी व्यवस्था नभएसम्म नेपाल सरक...

जनकपुर बोल्ट्सले जित्यो पहिलो एन पि एल उपाधी

Image
     नेपाल प्रिमियर लिग (एनपीएल)को  पहिलो संस्करणको  उपाधि  जनकपुर बोल्ट्सले  जितेको छ । जनकपुर  बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै सो उपाधि जितेको हो ।      टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे । १८४ रनको लक्ष्य पछ्याउदै जवाफी व्याटिङको लागि मैदान ओर्लिएको जनकपुर बोल्ट्सका ओपनर लाहिरु मिलान्थ...

गण्डकी प्रदेश सरकारको पहिलो त्रैमासिक खर्च प्रगति न्यून

      गण्डकी प्रदेश सकारको चालु आर्थिक बर्ष २०८१/०८२ को कार्तिक मशान्त सम्मको प्रगति न्युन देखिएको छ । गण्डकी प्रदेश सरकार अर्थ मन्त्रालयका अनुसार पहिलो चौमासकि अबधि अर्थात कार्तिक मशान्त सम्म चालु खर्च तर्फ करिव ९.४७% को प्रगति देखिएकोमा पूजिगत खर्च तर्फ ५.६१% प्रतिशत पगति भएको देखिन्छ ।       चालु आर्थिक बर्ष मा चालु खर्च तर्फ १३१६०५८२।-( रु तेह्र अर्ब सोह्र करोड पाँच लाख वयासी हजार ) विनियोजन भएकोमा सो अबधिमा १२४५८०३।-(एक अर्ब चौविस करोड अन्ठाउन्न लाख तिन हजार ) मात्र खर्च भएको देखिन्छ । त्यसै गरी पुँजिगत खर्च तर्फ १९५१७९९३।-(उन्नाईस अर्ब एकाउन्न करोड उनानअसी लाख त्रियानब्बे हजार ) विनियोजन भएकोमा कार्तिक मशान्त सम्म करिव   १०९४७०९०००। -( ए क अर्ब नौ करोड सत्चालिस लाख नौ हजार ) खर्च भएको देखिन्छ ।  वित्तिय व्यवस्था तर्फ भने  ३००००००००।-   तिस करोड विनियोजन गरिएकोमा सो अबधिमा कुनै पनि खर्च भएको देखिदैन ।  यसरी समग्रमा हेर्दा कुल विनियोजन ३२९७८५७५।- (बत्तिस अर्ब सन्तान्व्वे करोड पचासी लाख सन्ताउन्न हजार ) मा कुल खर्च २३४०...

मुख्यमन्त्री कप भलिवल प्रतियोगिताका २०७९ स्याङजाको वालिङमा शुरु ।

Image
      प्रदेश खेलकुद परिषद गणड्की प्रदेश पोखराको आयोजनामा स्याङजा जिल्लाको वालिङमा मिति २०७९ फागुन १ गते देखि शुरु भएको  लिग चरणका विभिन्न खेलहरु सम्पन्न भएका छन । गण्डकी प्रदेश भलिवल संघको प्राविधिक सहयोगमा भै रहेको उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका माननिय सामाजिक विकास तथा खेलकुद मन्त्री पञ्चराम गुरुङ ले गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा आफ्नो मन्त्रव्यको क्रममा मन्त्री गुरुङले नेपाल मा  भलिवल खेलको सुरुवात भएको करिव ८५ वर्षको इतिहास रहेको अभिलेल सुनाउदै उहाले अबका दिनमा खेल क्षेत्रको उन्नती र प्रगतिमा आफु दत्त चित्त भएर लागि पर्ने वताउनु भयो । नेपाल सरकारले भलिवल खेल लाई राष्टिय खेल को रुपमा केही बर्ष  अगाडी घोषणा गरे संगै यस खेलका खेलाडीहरु थप उत्साहित भएको आफुले महसुस गरेको अनुभव पनि उहाले सुनाउनु भयो ।        आगामी दिनमा खेलकुद क्षेत्रमा पुर्बाधार विकासको खाँचो ओल्याउदै उहाले आफ्नो कार्यकालमा यस क्षेत्रमा उल्लेखनिय र रचनात्मक काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजक...

गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अबसरमा आयोजना गरिएको मुख्यमन्त्री भलिवल प्रतियोगिताको तयारी पुरा

Image
  गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । स्याङजा वालिङस्थित पूर्णामित भवानी मावीको खेल मैदानमा भोली सोमबार सुरु हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । गण्डकी प्रदेश स्थापनाको अवसरमा आयोजना हुने उद्घाटन खेलमा पुरुषतर्फ स्याङजा र लमजुङ भिड्ने छन् । लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको खेलकुद मन्त्रालय समेत समेटिएको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगिता अन्तर्गत पहिलो दिन महिला र पुरुषतर्फ गरी १६ वटा खेलहरु सञ्चालन हुनेछन् ।  प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने महिला तथा पुरुष टिमलाई क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २०–२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५–५ जनाले जनही नगद रु १०–१० हजा...

नेपाल निजामती कर्मचारी संगठन स्याङजाको १४ औ जिल्ला अधिवेशन सम्पन्न

Image
स्याङ्जा १८ पौष,   नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति स्याङजाको १४ (चौधौ) जिल्ला अधिवेशन सभ्य एबं भव्य रुपमा मिति २०७८ पौष १७ गते स्याङजा जिल्ला  फूलवारीमा सम्पन्न भएको छ । निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति स्याङजाको आयोजनामा सम्पन्न  सो कार्यक्रमको अध्यक्षता  जिल्ला कार्य  समितिका अध्यक्ष श्री अमरबहादुर पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि  निजामती कर्मचारी संगठन केन्दिय कार्यसमितका उपाध्यक्ष श्री घनस्याम सापकोटा तथा विशिष्ट अतिथी केन्दिय कार्यसमितका सदस्य तथा स्याङजा जिल्ला इन्चार्ज रामहरी खतिवडा समेतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन  जिल्ला कार्य समितिका सचिव श्री निलकण्ठ ढकालले गर्नु भएको थियो  ।         उक्त कार्यक्रममा  अतिथीको मन्तव्य राख्दै अतिथिहरुले निजामती कर्मचारीहरुले छिटो छरितो स्वच्छ र पारदर्सी ढंगवाट  सेवा प्रवाह गर्नु पर्ने वताउनु भएको थियो । कार्यक्रममा कार्यसमिति अध्यक्ष एवं १४ औ अधिवेशन का सभापति श्री अमर बहादुर पराजुलीले मुलुकका हरेक प...

जिल्ला अस्पताल स्याङजाद्धारा COVID 19 स‌ंग जुध्नको लागि २२ जना स्वास्थ्यकर्मीको दरखास्त आह्वान

Image
      जिल्ला अस्पताल स्याङजा ले कोभिड १९ को बढ्दो महामारी बाट आम नेपाल जनताको स्वास्थ्यमा प्रतिकुल प्रभाब पर्न नदिन  थप रणनिती अख्तियार गरेको जनाएको छ । यसै क्रममा अस्पताल प्रशासन अस्पतालमा संचालित कोभिड १९ प्रभावित जनताको स्वास्थ्य उपचारको लागि संचालनमा ल्याएको १० बेड क्षमताको HDU सेवालाइ थप व्यवस्थित बनाउन विभिन्न पदका २२ स्वास्थ्यकर्मीहरु भर्ना गर्नको एक विज्ञापन प्रकाशन गरेको छ । अस्पताल प्रशासन द्धारा २०७८।०२।०४ गते  ७ (सात ) दिने सूचना प्रकाशन गरी उक्त कुरा जनाएको हो । यस विज्ञापन बाट भर्ना गरिएका जनशक्तिको पदावधी हाललाइ असार मशान्त सम्म हुने भएता पनि कोभिड महामारी को असर सामान्य नभइन्जेल   ति जनशक्तिले अस्पतालमा रोजगारीको अबसर पाइराख्ने सम्भावना देखिएको छ  ।      उल्लेखित पदहरुमा यहि मिति २०७८।०२।१० गते सम्म लाेकसेवा आयोगद्धारा निर्धारित दर्खास्त फारम भर्न सकिनेछ । लोक सेवा आयोगद्धारा निर्धारित योग्यता पुगेका नेपाली नागरिकहरुले दर्खास्त दिन सकिने कुरा सुचनामा उल्लेख गरिएको छ भने  दरखास्त फारम लोक सेवा आयोगको Webside www....

नेपाल निजामती कर्मचारी संगठनद्धारा आफ्नो ३१औ स्थापन दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न ।

Image
       नेपाल निजामती कर्मचारी संगठनको स्थापनाको ३१औ दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाले  पुतली बजार नगरपालिका  वडा न‌‍‍ १४ मा रहेकाे  पाणिनी आश्रम  पाणिनी गुरुकुलमा शैक्षिक सामाग्री तथा स्टेशनरी वितरण गरी   आफ्नो स्थापना दिवस मनाएको छ । कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि पाणिनी आश्रमका संथापक गुरु महाराज हंशान्दा स्वामीले निजामती कर्मचारी संगठनले विभिन्न रचनात्मक कार्य गरिरहेको र भविश्यमा पनि यस्तै रचनात्मक कार्य गर्दै जाने प्रेरणा मिलाेस भनी शुभकामना प्रदान गर्नु भएको थियो ।साे अबसरमा स्वामी महाराज हंशान्नद स्वामी ज्यूले श्रीमद भागवत गितामा भगवान श्रीकृष्णले अर्जुनलाई एक प्रसंगमा भन्नु भएको एक श्लोक  कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि  को प्रसंग उठाउदै निजामती कर्मचारीले पनि जनताको सेवा गर्ने कर्ममा कुनै फलको आशा गर्न नहुने  कुरा बताउनु भयो । विगतमा भारतको हरिद्वार तर्फ भएको बाैद्धिक पालायन लाई यस पाणिनी आश्रमले केही हद सम्म रोक्न सफल भ...

बित्तिय अनुशासन सम्बन्धी प्रशिक्षण सम्पन्न

Image
       गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पाेखराकाे आयोजना र मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय गण्डकी प्रदेश पोखराकाे समन्वयमा प्रदेश अन्तर्गतका निकायहरुमा कार्यरत लेखा सम्वद्ध कर्मचारीहरुका लागि ३ दिने प्रशिक्षण कार्यक्रम (२०७७पाैष १,३)सम्पन्न भएकाे छ।      प्रशिक्षणको उद्धधाटन  प्रतिषठानका कार्यकारी कार्यकारी निर्देशक श्री ऋषिराम पाण्डे ज्यूले गर्नु भएकाे थियो । उद्धधाटन सत्रमा आफ्नो सम्क्षिप्त मन्तब्य व्यक्त गर्दै उहाले व्यवहारमा परिबर्तन  र कार्यसम्पादनमा सुधार गर्नु नै यस प्रशिक्षणको मुल उद्धेश्य रहेकाे कुरा बताउनु भयो ।उद्धधाटन सत्रमा आफ्नाे मन्तव्य राख्दै प्रदेश लेखा नियनत्रक श्री इन्द्र प्रसाद पाैडेल ज्यू ले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके तालिमकाे मुख्य उपलब्धीहासिल हुने कुरा व्यक्त गर्नु भयो । उद्धाटन समारोहको संचालन प्रतिष्ठानका कर्मचारी निर्मला सुब्बाले गर्नु भएकाे थियो ।       प्रशिक्षणको पहिलो प्रशिक्षकका रुपमा आर्थिक मामिला मन्त्रालय गण्डकी प्रदेश पाेखराका सचिव श्री चन्द...

करार ऐन, २०५६

  करार ऐन, २०५६ लालमोहर र प्रकाशन मिति  २०५७।३।१४ २०५७ सालको ऐन नं. ३ संशोधन १. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४ २०६४।५।९ करार सम्बन्धी कानूनको व्यवस्था गर्न बनेको ऐन प्रस्तावना ः करार सम्बन्धी प्रचलित कानून व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । परिच्छेद– परिच्छेद–१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस ऐनको नाम “करार ऐन, २०५६” रहेकोछ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा ः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “करार” भन्नाले दुई वा दुईभन्दा बढी पक्ष बीच कुनै काम गर्न वा नगर्नका लागि भएको कानून बमोजिम कार्यान्वयन गर्न सकिने सम्झौता सम्झनु पर्छ । (ख) “प्रस्ताव” भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रायले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ । (ग) “स्वीकृति” भन्नाले प्रस्तावका कुराहरु प्रस्तावकले जुन अर्थमा लिएको छ सो कुराका सम्बन्धमा प्रस्तावित व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनु पर्छ । ...