Skip to main content

नेपाल निजामती कर्मचारी संगठनद्धारा आफ्नो ३१औ स्थापन दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न ।

      नेपाल निजामती कर्मचारी संगठनको स्थापनाको ३१औ दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाले पुतली बजार नगरपालिका  वडा न‌‍‍ १४ मा रहेकाे पाणिनी आश्रम  पाणिनी गुरुकुलमा शैक्षिक सामाग्री तथा स्टेशनरी वितरण गरी   आफ्नो स्थापना दिवस मनाएको छ ।

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि पाणिनी आश्रमका संथापक गुरु महाराज हंशान्दा स्वामीले निजामती कर्मचारी संगठनले विभिन्न रचनात्मक कार्य गरिरहेको र भविश्यमा पनि यस्तै रचनात्मक कार्य गर्दै जाने प्रेरणा मिलाेस भनी शुभकामना प्रदान गर्नु भएको थियो ।साे अबसरमा स्वामी महाराज हंशान्नद स्वामी ज्यूले श्रीमद भागवत गितामा भगवान श्रीकृष्णले अर्जुनलाई एक प्रसंगमा भन्नु भएको एक श्लोक कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि को प्रसंग उठाउदै निजामती कर्मचारीले पनि जनताको सेवा गर्ने कर्ममा कुनै फलको आशा गर्न नहुने  कुरा बताउनु भयो । विगतमा भारतको हरिद्वार तर्फ भएको बाैद्धिक पालायन लाई यस पाणिनी आश्रमले केही हद सम्म रोक्न सफल भएको कुरा उहाले बताउनु भयो । श्रीमद भागवत गिता एक रहस्यमय अमृत रुपी घडाको गन्थ हो भन्दै स्वामीले यस्ले बर्तमानमा टुटेका मनहरुलाई कसरी जोडन सकिन्छ भन्नेकुराको  उदारणात्मक रहस्योदघाटन  गर्नु भएको थियो ।

   कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै राष्टसेवक बचत तथा ऋण सहकारी संस्था स्याङजाका अध्यक्ष  श्री सृजना लामिछानेले  निजामती कर्मचारी संगठनले विगत बर्षहरुमा झै यस बर्ष पनि आफ्नो ३१ औ स्थापना दिवसको अबसर पारेर पवित्र आश्रममा गरेको यस कार्यको अन्य संगठनहरुले अनुशरण गर्नु पर्ने कुरा बताउनु भयो  । आफ्नो शुभकामना मन्तव्यको क्रममा अध्यक्षा लामिछानेले  स्थापनाकाल देखि विभिन्न आरोह अबरोह पार गर्दै कर्मचारी संगठनले मुलुकको प्रजातन्त्र र लोकतन्त्र प्राप्तीको आन्दोलनमा होस या कर्मचारीका हक हितका विषयमा  अभिभाविय भुमिका निभाउदै आएको आगामी दिनमा समेत समाज परिबर्तनको लागि यस्तै सकृय भूमिका निर्बाह गर्ने कार्यमा संगठक कर्मचारीरुमा थप प्रेरणा मिलोस भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।  

 साेही अबसरमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष श्री राजु प्रसाद मरासिनीले नेपाल निजामती कर्मचारी संगठनले गरेको उक्त कार्यक प्रसंसा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मरासिनीले निजामित कर्मचारीहरु जति धेरै अनुशासीत र बफादार बन्छन त्यति नै देश विकासको बाटो थप सहज हुन्छ भन्ने भनाइ राख्नु भएको थियो  

    ३१ औ स्थापना दिवसको उक्त अबसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाका अध्यक्ष एवं सो कार्यक्रमका सभापति श्री अमर बहादुर पारजुलीले  निजामती कर्मचारी संगठनले स्थापनाको आफ्नो गौरवमय तीन दशक पार गरेको कुरा बताउनु भयो। नेपालका निजामती कर्मचारीहरुको पेशागत हक,हितको संरक्षण र सार्वजनिक प्रशासनलाई जनउत्तरदायी बनाउने पवित्र उद्धेश्यले विं.सं.२०४७ बैशाख ७ गते काठमाडौंमा राष्ट्रिय स्तरमा”नेपाल निजामती कर्मचारी संगठन”को स्थापना भएको  र हाल सम्म पनि सोही उद्धेश्यमा अबिचलित रहि जनताको सेवामा समर्पित रहेको कुरा व्यक्त गर्नु भयो  ।

कार्यक्रममा  जिल्ला कार्यसमिति स्याङजाका उपाध्क्ष श्री विष्णु कुमारी शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन जिल्ला कार्यसमिति स्याङजाका सचिव निलकण्ठ ढकालले गर्नु भएको थियो । उक्त कार्यक्रममा जिल्ला कार्य समित स्याङजाका सह सचिव श्री धनन्जय शर्मा दोरंगा कोषाध्य श्री श्रीराम मरासिनी सदस्यहरु श्री जमुना काफ्ले इश्वरी प्रसाद गौतम पुर्णचन्द्र रेग्मी कमलकान्त पौडेल राजेन्द्र पौडेल नरेश पौडेल सुसिल सुवेदी लगाएतको उपस्थितीमा सम्पपन्न भएको थियो ।







 







Comments

Popular posts from this blog

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

न्याय सेवा शाखा अधिकृत २०७५।११।१७

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।