गण्डकी प्रदेश सरकारको पहिलो त्रैमासिक खर्च प्रगति न्यून

      गण्डकी प्रदेश सकारको चालु आर्थिक बर्ष २०८१/०८२ को कार्तिक मशान्त सम्मको प्रगति न्युन देखिएको छ । गण्डकी प्रदेश सरकार अर्थ मन्त्रालयका अनुसार पहिलो चौमासकि अबधि अर्थात कार्तिक मशान्त सम्म चालु खर्च तर्फ करिव ९.४७% को प्रगति देखिएकोमा पूजिगत खर्च तर्फ ५.६१% प्रतिशत पगति भएको देखिन्छ । 

     चालु आर्थिक बर्ष मा चालु खर्च तर्फ १३१६०५८२।-( रु तेह्र अर्ब सोह्र करोड पाँच लाख वयासी हजार ) विनियोजन भएकोमा सो अबधिमा १२४५८०३।-(एक अर्ब चौविस करोड अन्ठाउन्न लाख तिन हजार ) मात्र खर्च भएको देखिन्छ । त्यसै गरी पुँजिगत खर्च तर्फ १९५१७९९३।-(उन्नाईस अर्ब एकाउन्न करोड उनानअसी लाख त्रियानब्बे हजार ) विनियोजन भएकोमा कार्तिक मशान्त सम्म करिव  १०९४७०९०००।-( एक अर्ब नौ करोड सत्चालिस लाख नौ हजार ) खर्च भएको देखिन्छ ।  वित्तिय व्यवस्था तर्फ भने ३००००००००।- तिस करोड विनियोजन गरिएकोमा सो अबधिमा कुनै पनि खर्च भएको देखिदैन । 

यसरी समग्रमा हेर्दा कुल विनियोजन ३२९७८५७५।- (बत्तिस अर्ब सन्तान्व्वे करोड पचासी लाख सन्ताउन्न हजार ) मा कुल खर्च २३४०५१२०००।-(दुइ अर्ब चौतिस करोड पाँच लाख वाह्र हजार ) मात्र अर्थात ७.१०% मात्रै खर्च भएको देखिन्छ ।

   प्रदेश सरकारको आम्दानी तर्फ को अबस्था पनि उस्तै न्यून प्रगति भएको देखिन्छ । पहिलो त्रैमासिक अबधिकमा  कुल बार्षिक आम्दानी ३२९७८५७५०००।- मध्ये जम्मा बत्तिस करोड पाच लाख चौसठ्ठी हजार रुपैया मात्र आम्दानी भै बार्षिक लक्ष्यको करिव ९.७२% मात्र भएको देखिन्छ । 



Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली