स्याङ्जा १८ पौष, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति स्याङजाको १४ (चौधौ) जिल्ला अधिवेशन सभ्य एबं भव्य रुपमा मिति २०७८ पौष १७ गते स्याङजा जिल्ला फूलवारीमा सम्पन्न भएको छ ।
निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति स्याङजाको आयोजनामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता जिल्ला कार्य समितिका अध्यक्ष श्री अमरबहादुर पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि निजामती कर्मचारी संगठन केन्दिय कार्यसमितका उपाध्यक्ष श्री घनस्याम सापकोटा तथा विशिष्ट अतिथी केन्दिय कार्यसमितका सदस्य तथा स्याङजा जिल्ला इन्चार्ज रामहरी खतिवडा समेतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन जिल्ला कार्य समितिका सचिव श्री निलकण्ठ ढकालले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा अतिथीको मन्तव्य राख्दै अतिथिहरुले निजामती कर्मचारीहरुले छिटो छरितो स्वच्छ र पारदर्सी ढंगवाट सेवा प्रवाह गर्नु पर्ने वताउनु भएको थियो । कार्यक्रममा कार्यसमिति अध्यक्ष एवं १४ औ अधिवेशन का सभापति श्री अमर बहादुर पराजुलीले मुलुकका हरेक परिवर्तनहरुमा नेपाल निजामती कर्मचारी संगठनले उल्लेखनिय भुमिका निर्बाह गरेको र सेवा प्रबाहको क्रममा समेत आफ्नो छुट्टै स्वच्छ छवि कायम राख्ने गरी काम गर्नको लागि सबै कर्मचारीहरुमा अनुरोध गर्नु भएको थियो ।
रमाइलो बजभोज को साथमा सम्पन्न उक्त अधिवेशनको बन्द सत्र बाट श्री अमर बहादुर पराजुलीको अध्यक्षतामा २२ सदस्य कार्यसमिति गठन गरेको छ ।
अध्यक्ष श्री अमर बहादुर पारजुली
उपाध्यक्ष श्री रमाकान्त सुवेदी
उपाध्यक्ष श्री विष्णु कुमारी ढकाल
सचिव श्री राजेश कुँवर
सह सचिव श्री सुन्दर पौडेल
कोषाध्यक्ष श्री श्रीराम उपाध्याय मरासिनी
सदस्य श्री श्रीराम वाग्ले
सदस्य श्री पवित्रा ढकाल
सदस्य श्री देवी नेपाली
सदस्य श्री गंगा श्रेष्ठ
सदस्य श्री जमुना काफ्ले
सदस्य श्री निराजन लामिछाने
सदस्य श्री विष्णु क्षेत्री
सदस्य श्री खिल प्रसाद पौडेल
सदस्य श्री राजन पनेरु
सदस्य श्री वावुराम वि क
सदस्य श्री फन नारायण रेग्मी
केन्दिय प्रतिनिधी श्री ललित बहादुर थापा
केन्दिय प्रतिनिधी श्री आजाद पाैडेल
केन्दिय प्रतिनिधी श्री सुन्तली श्रीष
कार्यक्रममा निर्बाचित पदाधिकारीहरुलाई प्रमुख अतिथी श्री घनश्याम सापकोटाले सपथ ग्रहण गराउनु भएको थियो । करिव २०० जना कर्मचारीको उपस्थिती रहेको उक्त कार्यक्रममा प्राय जसो नया कर्मचारीहरु निर्बाचित हुनु भएको छ । सपथ ग्रहण पछि सम्क्षिप्त प्रतिकृया दिदै सदस्यहरुले निजामती कर्मचारी संगठनका अग्रज कर्मचारीहरुले देखाएको बाटोमा प्रतिवद्ध भएर लाग्ने र थप उर्जावन हुने कुरा व्यक्त गरेका थिए । प्राय जसो नया र जुझारु कर्मचरीहरुले प्रतिनिधित्व गरेको उक्क कार्य समितिलाई उपस्थित सम्पुर्ण अतिथिहरुले बधाई र सफल कार्यकालको लागि शुभकामना व्यक्ता गर्नु भएको थियो ।
Comments