जनकपुर बोल्ट्सले जित्यो पहिलो एन पि एल उपाधी

     नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै सो उपाधि जितेको हो ।

     टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।

१८४ रनको लक्ष्य पछ्याउदै जवाफी व्याटिङको लागि मैदान ओर्लिएको जनकपुर बोल्ट्सका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बलमा ८७ रनको जिम्मेवारपूर्ण इनिङ खेले । उनले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे । सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिंदै जनकपुर च्याम्पियन बनेको हो 

उक्त खेलमा सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै उनले ओमोडा ई ५ कार पुरस्कार पाएका  हुन ।









Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली