मुख्यमन्त्री कप भलिवल प्रतियोगिताका २०७९ स्याङजाको वालिङमा शुरु ।

      प्रदेश खेलकुद परिषद गणड्की प्रदेश पोखराको आयोजनामा स्याङजा जिल्लाको वालिङमा मिति २०७९ फागुन १ गते देखि शुरु भएको  लिग चरणका विभिन्न खेलहरु सम्पन्न भएका छन । गण्डकी प्रदेश भलिवल संघको प्राविधिक सहयोगमा भै रहेको उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका माननिय सामाजिक विकास तथा खेलकुद मन्त्री पञ्चराम गुरुङ ले गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा आफ्नो मन्त्रव्यको क्रममा मन्त्री गुरुङले नेपाल मा  भलिवल खेलको सुरुवात भएको करिव ८५ वर्षको इतिहास रहेको अभिलेल सुनाउदै उहाले अबका दिनमा खेल क्षेत्रको उन्नती र प्रगतिमा आफु दत्त चित्त भएर लागि पर्ने वताउनु भयो । नेपाल सरकारले भलिवल खेल लाई राष्टिय खेल को रुपमा केही बर्ष  अगाडी घोषणा गरे संगै यस खेलका खेलाडीहरु थप उत्साहित भएको आफुले महसुस गरेको अनुभव पनि उहाले सुनाउनु भयो ।

       आगामी दिनमा खेलकुद क्षेत्रमा पुर्बाधार विकासको खाँचो ओल्याउदै उहाले आफ्नो कार्यकालमा यस क्षेत्रमा उल्लेखनिय र रचनात्मक काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजक को तर्फ वाट आफ्नो शुभकामना मन्तव्य राख्दै छोटो समयको अबधिमा राम्रो व्यवस्थापन गर्न सकेकोमा जिल्ला खेलकुद विकास समिति स्याङजाको प्रसंसा गर्दै आगामी दिनमा स्थायी रुपमा पुर्बाधार विकासको क्षेत्रमा लाग्नु पर्ने खाँचो औल्याउनु भयो  ।

     कार्यक्रको संचालन जिल्ला खेलकुद विकास समितिका स्याङजाका  अध्यक्ष श्री गिरमान गुरुङले गर्नु भको थियो भने कार्यक्रमको सभापतित्व प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष श्री धोज कुमार गुरुङले गर्नु भएको थियो । खेल शूरु हुनु अगाडी सम्पुर्ण खेलाडीहरुको तर्फ वाट राष्टिय महिला भलिवल  टिमका क्याप्टन अरुणा शाहीले सपथ ग्रहण गर्नु भएको थियो भने सम्पुर्ण अफिसियल रेफ्रीहरुको तर्फ वाट विकास गुरुङले सपथ ग्रहण गर्नु भएको थियो । 

आज उद्धाटन समारोह संगै महिला तर्फ ६ वटा खेल तथा पुरुष तर्फ ८ वटा खेल गरी कुल १४ वटा खेल सम्पन्न भएका छन । जुन खेलहरुको गण्डकी प्रदेश भलिवल संघ को तर्फवाट प्राप्त  नतिजा अनुसार 

                पुरुष खेलाडीहरु को तर्फ  

१ ‍ स्याङजा  जिल्ला र गोर्खा जिल्लाको विच भएको पहिलो  खेलमा स्याङजाले २५/१६ र २५/१३ को सोझो सेटमा  गोरखा जिल्ला लाई पराजित गरेको थियो  ।

२ वाग्लुङ जिल्ला र मुस्ताङ जिल्ला विच भएको दोश्रो खेलमा वाग्लुङ ले २५/१६ र २५/ १५ को सोझो सेटमा मुस्ताङ लाई पराजित गरेको थियो ।

३‍ कास्की जिल्ला र पर्वत जिल्ला विच भएको तेश्रो खेलमा पर्बत जिल्ला ले कास्की जिल्ला लाई २५/१७ र २५/२१ को सोझो सेटमा पराजित गरेको थियो ।

४ म्याग्दी र नवलपुर विच भएको चौथो खेलमा नबलपुर ले म्याग्दीलाई २५/१७ र २५/२१ को सोझो सेटमा पराजित गरेको थियो  ।

५वाग्लुङ र मनाङ विच भएको पाँचौ खेलमा वाग्लुङले मनाङ लाई कडा प्रतिस्पर्धाका विच २५/१६ र ३०/२८ को सेटमा पाराजित गरेको थियो  ।

६ स्याङजा र लम्जुङ विच भएको छैटौ खेलमा स्याङजा ले लम्जुङ लाई २५/०८ र २५/०९को सोझो सेटमा पारजित गरेको थियो ।

७ कास्की र तनहूँ विच भएको सातौ खेलमा तनहुँले कास्की लाई २५/२० र २५/२१ को सोझो सेटमा पराजित गरेको थियो

८ मनाङ र मुस्ताङ विच भएको आजको अन्तिम तथा आठौ खेलमा मनाड्ड ले मुस्ताङलाई ३०/२८ र २५/२२ को सोझो सेटमा पारजित गरेको थियो 

त्यसै गरी महिलाहरुको टिम तर्फ कुल ६ वटा खेल सम्पन्न भएकोमा 

१ म्या्दी र मुस्ताङविच भएको पहिलो खेलमा म्याग्दीले मुस्ताङ लाई २५/  २५/०९को सोझो सेटमा पराजित गरेको थियो ।

२.स्याङजा र पर्बत विच भएको दोश्रो खेलमा पर्बत  ले स्याङजा लाई  २५/२३/ १९/२५ र १९/०९ को सेटमा पारजित गरेको थियो 

३ वाग्लुङ र तनहू विचको तेश्रो खेलमा तनहु ले वाग्लुङ लाई २५/२१ र २५ १२ को सोझो सेटमा पराजित गरेको थियो 

४ कास्की र लम्जुङ  विचको खेलमा कास्की ले लम्जुङ लाई २५/११ र २५/१३ को सोझो सेटमा  पराजित गरेको थियो ।

५  म्याग्दी र नवलपुरक विचको खेलमा म्याग्दीले नबलपुर लाई २५/१० र २५/१३ को सोझो सेटमा पराजित गरेको थियो

६ स्याङजा र गोरखा विचको खेलमा स्याङजाले गोरखा लाई २५/१२ र २५ १६ को सोझो सेटमा पराजित गरेको थियो ।

अन्तिम नतिजाको लागि अझै दुइ दिन लाग्ने गण्डकी प्रदेश भलिवल संघले जनाएको छ ।







Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली