Skip to main content

जिल्ला अस्पताल स्याङजाद्धारा COVID 19 स‌ंग जुध्नको लागि २२ जना स्वास्थ्यकर्मीको दरखास्त आह्वान

      जिल्ला अस्पताल स्याङजा ले कोभिड १९ को बढ्दो महामारी बाट आम नेपाल जनताको स्वास्थ्यमा प्रतिकुल प्रभाब पर्न नदिन  थप रणनिती अख्तियार गरेको जनाएको छ । यसै क्रममा अस्पताल प्रशासन अस्पतालमा संचालित कोभिड १९ प्रभावित जनताको स्वास्थ्य उपचारको लागि संचालनमा ल्याएको १० बेड क्षमताको HDU सेवालाइ थप व्यवस्थित बनाउन विभिन्न पदका २२ स्वास्थ्यकर्मीहरु भर्ना गर्नको एक विज्ञापन प्रकाशन गरेको छ । अस्पताल प्रशासन द्धारा २०७८।०२।०४ गते  ७ (सात ) दिने सूचना प्रकाशन गरी उक्त कुरा जनाएको हो । यस विज्ञापन बाट भर्ना गरिएका जनशक्तिको पदावधी हाललाइ असार मशान्त सम्म हुने भएता पनि कोभिड महामारी को असर सामान्य नभइन्जेल   ति जनशक्तिले अस्पतालमा रोजगारीको अबसर पाइराख्ने सम्भावना देखिएको छ  ।

     उल्लेखित पदहरुमा यहि मिति २०७८।०२।१० गते सम्म लाेकसेवा आयोगद्धारा निर्धारित दर्खास्त फारम भर्न सकिनेछ । लोक सेवा आयोगद्धारा निर्धारित योग्यता पुगेका नेपाली नागरिकहरुले दर्खास्त दिन सकिने कुरा सुचनामा उल्लेख गरिएको छ भने  दरखास्त फारम लोक सेवा आयोगको Webside www.psc.gov.np रहेको https://psc.gov.np/category/form-open.html लि‌क बाट डाउनलोड गर्न सकिने छ ।  राजश्व रकम बुझाउने प्रयोजनको लागि  प्रदेश सरकारको राजश्व खाता न‌ं‍.२७३०२००००००००१०००००१ तथा राजश्व शिर्षक न‌ १४२२४ तथा कार्यालय कोड न‌‍.३५००२४३०२४ प्रयोग गर्नको लागि अस्पताल बाट प्रकाशित सूचनामा खुलाइएको छ ।



Comments

Popular posts from this blog

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

न्याय सेवा शाखा अधिकृत २०७५।११।१७

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।