जिल्ला अस्पताल स्याङजाद्धारा COVID 19 स‌ंग जुध्नको लागि २२ जना स्वास्थ्यकर्मीको दरखास्त आह्वान

      जिल्ला अस्पताल स्याङजा ले कोभिड १९ को बढ्दो महामारी बाट आम नेपाल जनताको स्वास्थ्यमा प्रतिकुल प्रभाब पर्न नदिन  थप रणनिती अख्तियार गरेको जनाएको छ । यसै क्रममा अस्पताल प्रशासन अस्पतालमा संचालित कोभिड १९ प्रभावित जनताको स्वास्थ्य उपचारको लागि संचालनमा ल्याएको १० बेड क्षमताको HDU सेवालाइ थप व्यवस्थित बनाउन विभिन्न पदका २२ स्वास्थ्यकर्मीहरु भर्ना गर्नको एक विज्ञापन प्रकाशन गरेको छ । अस्पताल प्रशासन द्धारा २०७८।०२।०४ गते  ७ (सात ) दिने सूचना प्रकाशन गरी उक्त कुरा जनाएको हो । यस विज्ञापन बाट भर्ना गरिएका जनशक्तिको पदावधी हाललाइ असार मशान्त सम्म हुने भएता पनि कोभिड महामारी को असर सामान्य नभइन्जेल   ति जनशक्तिले अस्पतालमा रोजगारीको अबसर पाइराख्ने सम्भावना देखिएको छ  ।

     उल्लेखित पदहरुमा यहि मिति २०७८।०२।१० गते सम्म लाेकसेवा आयोगद्धारा निर्धारित दर्खास्त फारम भर्न सकिनेछ । लोक सेवा आयोगद्धारा निर्धारित योग्यता पुगेका नेपाली नागरिकहरुले दर्खास्त दिन सकिने कुरा सुचनामा उल्लेख गरिएको छ भने  दरखास्त फारम लोक सेवा आयोगको Webside www.psc.gov.np रहेको https://psc.gov.np/category/form-open.html लि‌क बाट डाउनलोड गर्न सकिने छ ।  राजश्व रकम बुझाउने प्रयोजनको लागि  प्रदेश सरकारको राजश्व खाता न‌ं‍.२७३०२००००००००१०००००१ तथा राजश्व शिर्षक न‌ १४२२४ तथा कार्यालय कोड न‌‍.३५००२४३०२४ प्रयोग गर्नको लागि अस्पताल बाट प्रकाशित सूचनामा खुलाइएको छ ।



Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली