गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अबसरमा आयोजना गरिएको मुख्यमन्त्री भलिवल प्रतियोगिताको तयारी पुरा

 


गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

स्याङजा वालिङस्थित पूर्णामित भवानी मावीको खेल मैदानमा भोली सोमबार सुरु हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । गण्डकी प्रदेश स्थापनाको अवसरमा आयोजना हुने उद्घाटन खेलमा पुरुषतर्फ स्याङजा र लमजुङ भिड्ने छन् ।

लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको खेलकुद मन्त्रालय समेत समेटिएको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन महिला र पुरुषतर्फ गरी १६ वटा खेलहरु सञ्चालन हुनेछन् ।  प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने महिला तथा पुरुष टिमलाई क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २०–२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५–५ जनाले जनही नगद रु १०–१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाले सहभागिता जनाएको उक्त प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जनाएका छन् । मनाङ जिल्ला बाट भने पुरुष टिमको सहभागिता रहेको छ । प्रतियोगिता फागुन ३ गते सम्पन्न हुनेछ ।




Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली