Skip to main content

बित्तिय अनुशासन सम्बन्धी प्रशिक्षण सम्पन्न

 

     गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पाेखराकाे आयोजना र मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय गण्डकी प्रदेश पोखराकाे समन्वयमा प्रदेश अन्तर्गतका निकायहरुमा कार्यरत लेखा सम्वद्ध कर्मचारीहरुका लागि ३ दिने प्रशिक्षण कार्यक्रम (२०७७पाैष १,३)सम्पन्न भएकाे छ।
     प्रशिक्षणको उद्धधाटन  प्रतिषठानका कार्यकारी कार्यकारी निर्देशक श्री ऋषिराम पाण्डे ज्यूले गर्नु भएकाे थियो । उद्धधाटन सत्रमा आफ्नो सम्क्षिप्त मन्तब्य व्यक्त गर्दै उहाले व्यवहारमा परिबर्तन  र कार्यसम्पादनमा सुधार गर्नु नै यस प्रशिक्षणको मुल उद्धेश्य रहेकाे कुरा बताउनु भयो ।उद्धधाटन सत्रमा आफ्नाे मन्तव्य राख्दै प्रदेश लेखा नियनत्रक श्री इन्द्र प्रसाद पाैडेल ज्यू ले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके तालिमकाे मुख्य उपलब्धीहासिल हुने कुरा व्यक्त गर्नु भयो । उद्धाटन समारोहको संचालन प्रतिष्ठानका कर्मचारी निर्मला सुब्बाले गर्नु भएकाे थियो ।
      प्रशिक्षणको पहिलो प्रशिक्षकका रुपमा आर्थिक मामिला मन्त्रालय गण्डकी प्रदेश पाेखराका सचिव श्री चन्दकला पाैडेलले वित्तिय उत्रदायित्व, जिम्वेवारी र जबाफदेहीता  तथा आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व ‌ऐन २०७६का  सम्बन्धमा प्रशिक्षण दिनु भएकाे थियो ।

     जिम्वेवारी + जवाफदेहीता +प्रतिफल=उत्तरदायित्व भयो भने आर्थिक पार्दर्शिता हुन सक्छ भन्ने बिषयमा उहाले प्रकाश पर्नु भएको थियो । प्रशिक्षणको क्रममा प्रदेश लेखा नियन्त्रण कार्यलयका लेखा अधिकृत श्री लक्ष्मी कान्त शर्मा पौडेलले cGas, PamS, p lmbis  तथा oNLINE REVENUE pAYMENT सम्बन्धमा केही प्रयोगातमक तरीकाबाट प्रशिक्षण प्रदान गर्नु भएको थियो । सोही क्रममा लेखा अधिकृत पौडेलले संध प्रदेश र स्थानिय तहका सरकारवाट संकलित राजश्व के कसरी बाडफाड गरिन्छ भन्ने कुराको बर्तमान अबस्थाका सम्बन्धमा भएको कानुनी प्राबधानका विषयमा समेत प्रशिक्षण दिनु भएको थियो ।प्रशिक्षणका क्रममा प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशका कार्यालय प्रमुख एबं प्रदेश लेखा नियन्त्रक श्री इन्द्र प्रसाद पौडेलले आन्तरिक नियन्त्रण बेरुजु लेखन अभ्यास सम्बन्धमा महत्वपुर्ण र व्यवहारिक अभ्यास गराउनु भएकाे थियो  । त्यसै गरी प्रदेश लेखा नियनत्रक कार्यालयका लेखाअधिकृत श्री प्रदिप दाेरंगा ले जिन्सी लेखन अभ्यास Pams जिन्सी प्रविष्टी र जिन्सी सामानहरुकाे लिलाम कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा केही नमुना अभ्यास गराउनु भएकाे थियो । यसै क्रममा उहाले यस अभ्यासले आगामी दिनमा जिन्सी सामानको लिलाममा केही सहजता हुने र सहभागी हरुले आफ्नाे कार्यक्षेत्रमा जिन्सी लिलाम काे कार्यलाइ तिव्रता दिने विस्वास व्यक्त गर्नु भयो  । 

कार्यक्रम को समापन सत्रको क्रममा सहभागीकाे तर्फबाट मन्त्वय व्यक्त गर्दै पर्बत जिल्लाका प्रतिनिधी श्री गाैरवदास बैरागीले समसामयिक विषय समावेश गरी प्रशिक्षण गराइएकाे हुँदा उपलब्धिमुलक रहेकाे बताउनु भयो भने स्याङजा जिल्ला बाट सहभागीकाे मन्तब्य राख्दै श्री निलकण्ठ ढकालले प्रशिक्षण कार्यलाई बोधाे भएकाे पेन्सिल तिखारेर सफा र राम्रो लेख्ने बनाए जस्तै प्रशिक्षणले सहभागीहरुकाे क्षमता अभिबृदी भएकाे भन्ने मन्तव्य राख्नु भयो । सहभागीहरुकाे मन्तव्यकै क्रम मा तनहुँ जिल्ला बाट सहभागी रामेश्वर आचार्यले भविश्यमा हुन सक्ने कमी कम्जोरी कम गर्न सघाउ पुग्ने विचार व्यक्त गर्नु भयो ।कार्यक्रमकाे अन्तयमा सहभागीहरुकाे क्षमता जाँचको लागि लिईएकाे परीक्षाको परिक्षाफल प्रकाशन गर्दै निर्मला सुब्बा ले गोष्टी फलदायी देखिएकाे नतिजाले पुष्टी गरेकाे कुरा बताउनु भयो  ।

    गाेष्टीका समापन समाराेहमा बोल्दै प्रतिषठानका कार्यकारी कार्यकारी निर्देशक श्री ऋषिराम पाण्डे ले आगामी दिनमा प्रतिष्ठानले यस्ता प्रकारका गोष्टी प्रशिक्षण लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Comments

Popular posts from this blog

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

न्याय सेवा शाखा अधिकृत २०७५।११।१७

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।