Skip to main content

Posts

नेपाल निजामती कर्मचारी संगठन स्याङजाको १४ औ जिल्ला अधिवेशन सम्पन्न

स्याङ्जा १८ पौष,   नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति स्याङजाको १४ (चौधौ) जिल्ला अधिवेशन सभ्य एबं भव्य रुपमा मिति २०७८ पौष १७ गते स्याङजा जिल्ला  फूलवारीमा सम्पन्न भएको छ । निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति स्याङजाको आयोजनामा सम्पन्न  सो कार्यक्रमको अध्यक्षता  जिल्ला कार्य  समितिका अध्यक्ष श्री अमरबहादुर पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि  निजामती कर्मचारी संगठन केन्दिय कार्यसमितका उपाध्यक्ष श्री घनस्याम सापकोटा तथा विशिष्ट अतिथी केन्दिय कार्यसमितका सदस्य तथा स्याङजा जिल्ला इन्चार्ज रामहरी खतिवडा समेतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन  जिल्ला कार्य समितिका सचिव श्री निलकण्ठ ढकालले गर्नु भएको थियो  ।         उक्त कार्यक्रममा  अतिथीको मन्तव्य राख्दै अतिथिहरुले निजामती कर्मचारीहरुले छिटो छरितो स्वच्छ र पारदर्सी ढंगवाट  सेवा प्रवाह गर्नु पर्ने वताउनु भएको थियो । कार्यक्रममा कार्यसमिति अध्यक्ष एवं १४ औ अधिवेशन का सभापति श्री अमर बहादुर पराजुलीले मुलुकका हरेक परिवर्तनहरुमा नेपाल निजामती कर्मचारी संगठनले उल्लेखनिय भुमिका निर्बाह गरेको र से

जिल्ला अस्पताल स्याङजाद्धारा COVID 19 स‌ंग जुध्नको लागि २२ जना स्वास्थ्यकर्मीको दरखास्त आह्वान

      जिल्ला अस्पताल स्याङजा ले कोभिड १९ को बढ्दो महामारी बाट आम नेपाल जनताको स्वास्थ्यमा प्रतिकुल प्रभाब पर्न नदिन  थप रणनिती अख्तियार गरेको जनाएको छ । यसै क्रममा अस्पताल प्रशासन अस्पतालमा संचालित कोभिड १९ प्रभावित जनताको स्वास्थ्य उपचारको लागि संचालनमा ल्याएको १० बेड क्षमताको HDU सेवालाइ थप व्यवस्थित बनाउन विभिन्न पदका २२ स्वास्थ्यकर्मीहरु भर्ना गर्नको एक विज्ञापन प्रकाशन गरेको छ । अस्पताल प्रशासन द्धारा २०७८।०२।०४ गते  ७ (सात ) दिने सूचना प्रकाशन गरी उक्त कुरा जनाएको हो । यस विज्ञापन बाट भर्ना गरिएका जनशक्तिको पदावधी हाललाइ असार मशान्त सम्म हुने भएता पनि कोभिड महामारी को असर सामान्य नभइन्जेल   ति जनशक्तिले अस्पतालमा रोजगारीको अबसर पाइराख्ने सम्भावना देखिएको छ  ।      उल्लेखित पदहरुमा यहि मिति २०७८।०२।१० गते सम्म लाेकसेवा आयोगद्धारा निर्धारित दर्खास्त फारम भर्न सकिनेछ । लोक सेवा आयोगद्धारा निर्धारित योग्यता पुगेका नेपाली नागरिकहरुले दर्खास्त दिन सकिने कुरा सुचनामा उल्लेख गरिएको छ भने  दरखास्त फारम लोक सेवा आयोगको Webside www.psc.gov.np रहेको https://psc.gov.np/category/form-open.html

नेपाल निजामती कर्मचारी संगठनद्धारा आफ्नो ३१औ स्थापन दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न ।

       नेपाल निजामती कर्मचारी संगठनको स्थापनाको ३१औ दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाले  पुतली बजार नगरपालिका  वडा न‌‍‍ १४ मा रहेकाे  पाणिनी आश्रम  पाणिनी गुरुकुलमा शैक्षिक सामाग्री तथा स्टेशनरी वितरण गरी   आफ्नो स्थापना दिवस मनाएको छ । कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि पाणिनी आश्रमका संथापक गुरु महाराज हंशान्दा स्वामीले निजामती कर्मचारी संगठनले विभिन्न रचनात्मक कार्य गरिरहेको र भविश्यमा पनि यस्तै रचनात्मक कार्य गर्दै जाने प्रेरणा मिलाेस भनी शुभकामना प्रदान गर्नु भएको थियो ।साे अबसरमा स्वामी महाराज हंशान्नद स्वामी ज्यूले श्रीमद भागवत गितामा भगवान श्रीकृष्णले अर्जुनलाई एक प्रसंगमा भन्नु भएको एक श्लोक  कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि  को प्रसंग उठाउदै निजामती कर्मचारीले पनि जनताको सेवा गर्ने कर्ममा कुनै फलको आशा गर्न नहुने  कुरा बताउनु भयो । विगतमा भारतको हरिद्वार तर्फ भएको बाैद्धिक पालायन लाई यस पाणिनी आश्रमले केही हद सम्म रोक्न सफल भएको कुरा उहाले बताउनु भयो । श्रीमद भागवत गिता एक रहस्यमय अमृत रु

बित्तिय अनुशासन सम्बन्धी प्रशिक्षण सम्पन्न

       गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पाेखराकाे आयोजना र मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय गण्डकी प्रदेश पोखराकाे समन्वयमा प्रदेश अन्तर्गतका निकायहरुमा कार्यरत लेखा सम्वद्ध कर्मचारीहरुका लागि ३ दिने प्रशिक्षण कार्यक्रम (२०७७पाैष १,३)सम्पन्न भएकाे छ।      प्रशिक्षणको उद्धधाटन  प्रतिषठानका कार्यकारी कार्यकारी निर्देशक श्री ऋषिराम पाण्डे ज्यूले गर्नु भएकाे थियो । उद्धधाटन सत्रमा आफ्नो सम्क्षिप्त मन्तब्य व्यक्त गर्दै उहाले व्यवहारमा परिबर्तन  र कार्यसम्पादनमा सुधार गर्नु नै यस प्रशिक्षणको मुल उद्धेश्य रहेकाे कुरा बताउनु भयो ।उद्धधाटन सत्रमा आफ्नाे मन्तव्य राख्दै प्रदेश लेखा नियनत्रक श्री इन्द्र प्रसाद पाैडेल ज्यू ले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके तालिमकाे मुख्य उपलब्धीहासिल हुने कुरा व्यक्त गर्नु भयो । उद्धाटन समारोहको संचालन प्रतिष्ठानका कर्मचारी निर्मला सुब्बाले गर्नु भएकाे थियो ।       प्रशिक्षणको पहिलो प्रशिक्षकका रुपमा आर्थिक मामिला मन्त्रालय गण्डकी प्रदेश पाेखराका सचिव श्री चन्दकला पाैडेलले वित्तिय उत्रदायित्व, जिम्वेवारी र जबाफदेहीता  तथा आर्थिक कार्यविधी

करार ऐन, २०५६

  करार ऐन, २०५६ लालमोहर र प्रकाशन मिति  २०५७।३।१४ २०५७ सालको ऐन नं. ३ संशोधन १. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४ २०६४।५।९ करार सम्बन्धी कानूनको व्यवस्था गर्न बनेको ऐन प्रस्तावना ः करार सम्बन्धी प्रचलित कानून व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । परिच्छेद– परिच्छेद–१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस ऐनको नाम “करार ऐन, २०५६” रहेकोछ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा ः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “करार” भन्नाले दुई वा दुईभन्दा बढी पक्ष बीच कुनै काम गर्न वा नगर्नका लागि भएको कानून बमोजिम कार्यान्वयन गर्न सकिने सम्झौता सम्झनु पर्छ । (ख) “प्रस्ताव” भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रायले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ । (ग) “स्वीकृति” भन्नाले प्रस्तावका कुराहरु प्रस्तावकले जुन अर्थमा लिएको छ सो कुराका सम्बन्धमा प्रस्तावित व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनु पर्छ । (घ) “प्रत