Skip to main content

Posts

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।

सकारात्मक सोच सम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न ।।।

माघ २६, स्याङजा ।      जिल्ला समन्वय समिति, पुतली बजार नगरपालिका, तथा जिल्ला प्रशासन कार्यालय स्याङजाकाे सम न्वय तथा अमाेर सेवा नेपाल (वालगृह स्याङजा) काे मुख्य आयाेजनामा एक दिने सकारात्मक सोच सम्बन्धी १ दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।         जिल्ला प्रशासन कार्यालय स्याङजाकाे सभाहलमा सम्पन्न भएकाे उक्त कार्यक्रमको संचालन  जिल्ला प्रशासन कार्यालयका प्रमुख एबं प्रमुख जिल्ला अधिकारी श्री राम वहादुर लिम्वु ले गर्नु भएकाे थियो । मुख्य प्रशिक्षकको रुपमा निम्त्याइनु भएका प्रशिक्षक  श्री लाेकनाथ खनाल ले प्रशिक्षणको शुरुवात एक हिन्दी काहवत बाट शुरु गर्नु भएको थियो । देखो तो व्यायम हे जिन्दगी । पढो तो किताब हे जिन्दगी ।। सुनो तो ज्ञान हे जिन्दगी । हाँसो तो आसान हे जिन्दगी ।।      प्रशिक्षणका क्रममा प्रशिक्षक खनालले व्यायम माध्यमबाट मानब स्वास्थ्यमा हुने फाईदाकाे विषयमा केही कवितामय प्रबचन समेत दिनु भयो ।   कतै फूल्छ जिन्दगी यो काडै काडामा । कतै फूल्छ जिन्दगी याे डाडै डाडामा ।। जहाँ जता फुलेपनि जिन्दगी यो हाम्रो । सकारात्मक सोच भए जहाँ सुकै राम्रो ।।  

सांसद विकास कोष अन्तर्गत स्याङजा जिल्लामा स‌चालन हुने विभिन्न एक सय याेजना गण्डकी प्रदेश सरकार द्धारा स्विकृत

सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाको विदाई बधाई र स्वागत समारोह सम्पन्न ।

माघ ९   स्याङजा,   सा र्बजनिक   आर्थिक प्रशासन समाज स्याङजाकाे विशेष बैठक २०७६ माघ ०९ गते काेष तथा लेखा नियन्त्रक कार्यालय स्याङजाको सभा हलमा सम्पन्न भएको छ । बैठकले  स्याङजा जिल्लाका विभिन्न कार्यालयमा रहेर लामो समय करिव १३ बर्ष काम गरी ख्याति प्राप्त गरेका रमेश ढकालकाे सभ्य र भब्यरुपमा विदाई गरेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्ताला जाेन स्याङजा बाट क्षेत्रिय हुलाक निर्देशनालयमा सरुवा भई हाजिर हुन जानु भएका रमेश ढकालकाे सन्दर्भमा वक्ताहरुले उहाको कर्तव्य निष्ठता लगनशिलता इमान्दारिता नैतिकता र जुझारुपनको खुलेरै प्रस‌ंसा गरेका थिए । कार्यक्रममा भीरकोट नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख श्री जब्बर अली मियाँले रमेश ढकाल सर एक उदाहारणिय व्यक्तित्व भएको र संगठन निर्माणका सन्दभमा उहाले खेलेकाे भुमिकाको प्रसंसा गर्नु भएको थियो । साे अबसरमा  सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाका अभिभावक श्रीमान प्रमुख काेष नियन्त्रक रामकृष्ण पुडासैनी ज्युले आर्थिक प्रशासन शाखामा काम गर्नु पर्ने कर्मचारीहरुले अनिवार्य रुपमा पालना गर्नु पर्ने विषयकाे सन्दर्भमा प्रकाश पार्नु भएको थियो ।

कर्मचारी तालिम सम्बन्धी सूचना

संचारकर्मी रवी लामिछानेले सफाई पाएको त्याे फैसला

खुसी साटाै: नवलपुर होप्से गाउँपालिकामा रहेकको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा।

  सरकारले नवलपरासीको धोवादीमा रहेको फलाम खानी उत्तखनन गर्ने भएको छ । उक्त कामको लागि हालै मात्र कम्पनि दर्ता भएको छ ।  सो कम्पनीमा सरकारको स्वामित्व ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व ४५ प्रतिशत रहने छ । कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी दस अर्ब रुपियाँ रहनेछ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत ‘आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गरिनेछ’ भनी उल्लेख गरिएको छ । चालू आर्थिक वर्षमा सो फलाम खानी सञ्चालन शीर्षकमा एक अर्ब रुपियाँ विनियोजन गरिएको छ ।  “ नवलपुरमा रहेको फलामको चिनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमुना सम्पन्न भइसकेको छ । अहिले औद्योगिक र व्यावसायिक परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । सो खानीबाट ३० वर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ  ।”