सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाको विदाई बधाई र स्वागत समारोह सम्पन्न ।

माघ ९   स्याङजा,

  सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाकाे विशेष बैठक २०७६ माघ ०९ गते काेष तथा लेखा नियन्त्रक कार्यालय स्याङजाको सभा हलमा सम्पन्न भएको छ । बैठकले  स्याङजा जिल्लाका विभिन्न कार्यालयमा रहेर लामो समय करिव १३ बर्ष काम गरी ख्याति प्राप्त गरेका रमेश ढकालकाे सभ्य र भब्यरुपमा विदाई गरेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्ताला जाेन स्याङजा बाट क्षेत्रिय हुलाक निर्देशनालयमा सरुवा भई हाजिर हुन जानु भएका रमेश ढकालकाे सन्दर्भमा वक्ताहरुले उहाको कर्तव्य निष्ठता लगनशिलता इमान्दारिता नैतिकता र जुझारुपनको खुलेरै प्रस‌ंसा गरेका थिए । कार्यक्रममा भीरकोट नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख श्री जब्बर अली मियाँले रमेश ढकाल सर एक उदाहारणिय व्यक्तित्व भएको र संगठन निर्माणका सन्दभमा उहाले खेलेकाे भुमिकाको प्रसंसा गर्नु भएको थियो । साे अबसरमा  सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाका अभिभावक श्रीमान प्रमुख काेष नियन्त्रक रामकृष्ण पुडासैनी ज्युले आर्थिक प्रशासन शाखामा काम गर्नु पर्ने कर्मचारीहरुले अनिवार्य रुपमा पालना गर्नु पर्ने विषयकाे सन्दर्भमा प्रकाश पार्नु भएको थियो । सो अबसरमा प्रमुख कोष नियन्त्रक पुडासैनी ज्यू ले लाेक सेवा आयोग पास गरी स्याङजा जिल्लाका विभिन्न नगरपालिका गाउँपालिकामा नयाँ नियुक्ता आर्थिक प्रशासन सहायक कर्मचारीहरुलाई वधाई तथा स्वागत गर्नु भएको थियो । सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाका अध्यक्ष तथा वालिङ नगरपालिकाका आर्थिक प्रशासन प्रमुख श्री ज्ञान प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत श्री रामचन्द शर्माले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत आर्थिक प्रशासन प्रमुखहरुको सहभागिता थियो । उक्त कार्यक्रममा नया कार्यसमितिका पदाधिकारीहरुको समेत चयन गरिएको थियो जस्मा सार्बजनिक आर्थिक प्रशासन समाजकाे अभिभावकत्व प्रमुख कोष नियन्त्रक पदेन सदस्य तथा अध्यक्ष श्री ज्ञान प्रसाद अर्यालय रहनुभएकाे छ । उक्त कार्यक्रमका समापन पस्चात खिचिएका  केही प्रतिनिधीमुलक तस्विरहरु  ।




Comments

Popular posts from this blog

गण्डकी प्रदेश भाैतिक पुर्बाधार विकास मन्त्रालय द्धारा आफ्नो मन्त्रालय मातहतका कार्यालयका निजामती पुरस्कार पाउन याेग्य भइ सिफारिस गरिएका कर्मचारीहरुकाे नामावली प्रकाशन ।

२०७६ सालमा अनिवार्य अबकास हुने स्याङजा जिल्लाका शिक्षकहरुकाे नामावली