Skip to main content

सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाको विदाई बधाई र स्वागत समारोह सम्पन्न ।

माघ ९   स्याङजा,

  सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाकाे विशेष बैठक २०७६ माघ ०९ गते काेष तथा लेखा नियन्त्रक कार्यालय स्याङजाको सभा हलमा सम्पन्न भएको छ । बैठकले  स्याङजा जिल्लाका विभिन्न कार्यालयमा रहेर लामो समय करिव १३ बर्ष काम गरी ख्याति प्राप्त गरेका रमेश ढकालकाे सभ्य र भब्यरुपमा विदाई गरेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्ताला जाेन स्याङजा बाट क्षेत्रिय हुलाक निर्देशनालयमा सरुवा भई हाजिर हुन जानु भएका रमेश ढकालकाे सन्दर्भमा वक्ताहरुले उहाको कर्तव्य निष्ठता लगनशिलता इमान्दारिता नैतिकता र जुझारुपनको खुलेरै प्रस‌ंसा गरेका थिए । कार्यक्रममा भीरकोट नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख श्री जब्बर अली मियाँले रमेश ढकाल सर एक उदाहारणिय व्यक्तित्व भएको र संगठन निर्माणका सन्दभमा उहाले खेलेकाे भुमिकाको प्रसंसा गर्नु भएको थियो । साे अबसरमा  सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाका अभिभावक श्रीमान प्रमुख काेष नियन्त्रक रामकृष्ण पुडासैनी ज्युले आर्थिक प्रशासन शाखामा काम गर्नु पर्ने कर्मचारीहरुले अनिवार्य रुपमा पालना गर्नु पर्ने विषयकाे सन्दर्भमा प्रकाश पार्नु भएको थियो । सो अबसरमा प्रमुख कोष नियन्त्रक पुडासैनी ज्यू ले लाेक सेवा आयोग पास गरी स्याङजा जिल्लाका विभिन्न नगरपालिका गाउँपालिकामा नयाँ नियुक्ता आर्थिक प्रशासन सहायक कर्मचारीहरुलाई वधाई तथा स्वागत गर्नु भएको थियो । सार्बजनिक आर्थिक प्रशासन समाज स्याङजाका अध्यक्ष तथा वालिङ नगरपालिकाका आर्थिक प्रशासन प्रमुख श्री ज्ञान प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत श्री रामचन्द शर्माले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत आर्थिक प्रशासन प्रमुखहरुको सहभागिता थियो । उक्त कार्यक्रममा नया कार्यसमितिका पदाधिकारीहरुको समेत चयन गरिएको थियो जस्मा सार्बजनिक आर्थिक प्रशासन समाजकाे अभिभावकत्व प्रमुख कोष नियन्त्रक पदेन सदस्य तथा अध्यक्ष श्री ज्ञान प्रसाद अर्यालय रहनुभएकाे छ । उक्त कार्यक्रमका समापन पस्चात खिचिएका  केही प्रतिनिधीमुलक तस्विरहरु  ।




Comments

Popular posts from this blog

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

न्याय सेवा शाखा अधिकृत २०७५।११।१७

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।