Skip to main content

सकारात्मक सोच सम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न ।।।

माघ २६, स्याङजा ।

     जिल्ला समन्वय समिति, पुतली बजार नगरपालिका, तथा जिल्ला प्रशासन कार्यालय स्याङजाकाे समन्वय तथा अमाेर सेवा नेपाल (वालगृह स्याङजा) काे मुख्य आयाेजनामा एक दिने सकारात्मक सोच सम्बन्धी १ दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
       जिल्ला प्रशासन कार्यालय स्याङजाकाे सभाहलमा सम्पन्न भएकाे उक्त कार्यक्रमको संचालन  जिल्ला प्रशासन कार्यालयका प्रमुख एबं प्रमुख जिल्ला अधिकारी श्री राम वहादुर लिम्वु ले गर्नु भएकाे थियो । मुख्य प्रशिक्षकको रुपमा निम्त्याइनु भएका प्रशिक्षक  श्री लाेकनाथ खनाल ले प्रशिक्षणको शुरुवात एक हिन्दी काहवत बाट शुरु गर्नु भएको थियो ।
देखो तो व्यायम हे जिन्दगी ।
पढो तो किताब हे जिन्दगी ।।
सुनो तो ज्ञान हे जिन्दगी ।
हाँसो तो आसान हे जिन्दगी ।।
     प्रशिक्षणका क्रममा प्रशिक्षक खनालले व्यायम माध्यमबाट मानब स्वास्थ्यमा हुने फाईदाकाे विषयमा केही कवितामय प्रबचन समेत दिनु भयो ।
 कतै फूल्छ जिन्दगी यो काडै काडामा ।
कतै फूल्छ जिन्दगी याे डाडै डाडामा ।।
जहाँ जता फुलेपनि जिन्दगी यो हाम्रो ।
सकारात्मक सोच भए जहाँ सुकै राम्रो ।।
     व्यायम  नै स्वस्थ जीवन जिउने  प्रमुख कला हो भन्दै मुख्य प्रशिक्षक खनालले कहिले काही गरिने योगले खासै प्रभाब नराख्ने उल्खलेख गर्दै कहीले काही मात्र गरिने व्ययाम लाई कवितात्मक चुडका लयका रुपमा व्यङ्ग्य गर्नु भयो ।
कस्ले गर्छ योग, कस्ले गर्छ योग 
तनमा नलागी रोग , कस्ले गर्छ योग ।
     जिवनलाई कसरी उल्लासमय वातावरणमा जिउन सकिन्छ भन्ने प्रसंग उल्लेख गर्दै योग गुरु श्री खनालले दैनिक १० मिनेट बाट योगाभ्यास शूरु गरेर यस्लाई आवश्यक्ता अनुसार लम्व्याउन जरुरी रहेकाे बताउनु भयो ।
हाँसौ हसाउँ, हासौ हँसाउ
सधैभरी मुस्कुराउने वानी बसाउँ।

देशका लागि बाँचौ
 देशकै लागि मरौ
आ‌उ हामी सबै मिली 
     देशका लागि केही गरौ ‍‍‍‍‍।।।।।।
 भन्ने कथन स‌गै योग गुरुले दैनिक र नियमित रुपमा गरिने योगले ठुला ठुला रोग निको हुने र अस्पतालमा स्वास्थ्य उपचारको लागि खर्च हुने ठुलो धनराशी जोगाउन सकिने उल्लेख गर्नु भयो ।
     कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुख निजामती कर्मचारीहरु त्यसैगरी निजामती क्षेत्रमा कृयाशिल विभिन्न ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिती रहेकाे थियो ।
कार्यक्रमको समापनमा कार्यक्रमका प्रमुख अतिथि पुतली बजार नगर कार्यपालिकाका उपप्रमुख श्री महेश पुरीले आगामी दिनमा सबैले योग अभ्यासको माध्यमबाट सुखी नेपाली भनी विश्वभर चिनिन सक्ने कुरा उल्लेख गर्नु भयो ।
कार्यक्रम मा सुर्य नमस्कार व्यामको प्रयोग कसरी गर्न सकिन्छ भन्रे विषयमा  त्रिभुवन आदर्श मा वि का प्रधानध्यापक ले योगाभ्यास नमुना प्रस्तु गर्नु भएको थियो ।



Comments

Popular posts from this blog

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

न्याय सेवा शाखा अधिकृत २०७५।११।१७

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।