Posts

Showing posts from December, 2024

सीप परीक्षणको लागि आवेदन दिने सम्बन्धि सूचना

Image
       प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्,राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board-NSTB) बाट स्विकृत राष्ट्रिय व्यवासयगत सीप प्रमाणिका अनुसार गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना र स्थानीय तहको लागत साझेदारिमा  सहुलियत शुल्कमा संचालन हुने भौचर प्रणालीमा आधारित पूर्व सिकाईको  मान्त्यता (Recognition of Prior Learning-RPL) विधि अनसुार  तपशिलको पेशाका  इकाइगत (Unit-Based) सीप परीक्षणमा सहभागी हनु चाहने स्वदेशी वा वैदेशिक रोजगारीवाट अनुभव प्राप्त तथा सीपयुक्त नेपाली नागरिकहरूबाट सम्बन्धित स्थानीय तहमा रहेका तपशिल बमोजिमका पेशा/व्यावसायमा फारम भरी तोकिएका संकलन केन्त्रहरूमा आवेदन फारम पेश गर्न सकिने छ  । सीप परिक्षण व्यावसाय र तह  आवेदनको लागि न्यूनतम शैक्षिक योग्यता आवेदन शुल्क रु २७०।-(दुइ सय सत्तरी मात्र) आवेदन पेश गर्न सकिने स्थानहरु सहभागीले आवेदन पेश गर्दा पालना गर्नु पर्ने शर्तहरु आवेदन फारमको नमुना 

कर्मचारी समायोजन २०७५ बमोजिम समायोजित सम्पुर्ण कर्मचारीको सेवा निवृत्त सुविधाको जिम्मा संघिय सरकारले लिने ।

Image
  नेपाल सकारले कर्मचारी सामायोजन ऐन २०७५ बमोजिम गाउँपालिका नगरपालिका तथा अन्य निकायहरुमा समायोजन भएका सम्पुर्ण कर्मचारीहरुको सेवा निवृत सुविधाहरु जस्तै संचित विदा औषधी उपचार तथा उपादान बापतको रकम साविकमा व्यवस्था गरिएका कोषहरुबाट भुक्तानी गर्न नपुग हुने भएमा संघिय सरकारको कोष वाट भुक्तानी गर्ने भएको छ ।    यहि मिति २०८१ पौष ०९ गतेको नेपाल सरकार मन्त्रीपरिषदको वैठक बाट भएका निर्णयहरुमा सो सम्बन्धमा पनि निर्णय भएको हो ।  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फ वाट मन्त्री परिषदमा लगिएको प्रस्ताबको सम्बन्धमा निर्णय गर्दै मन्त्रिपरिषद वाट साविकमा जिल्ला विकास समितिमा स्थायी नियुक्ती भई कर्मचारी समायोजन ऐन २०७५ बमोजिम गाउँपालिका तथा नगरपालिकामा समायोजन भएका र अन्य सेवा वाट गाउँपालिका तथा नगरपालिका मा समायोजन भै अबकास भै सकेका तथा अब अबकास हुने कर्मचारीहरुको  सञ्चित विधा औषधि उपचार र उपदानको रकम कल्याणकारी कोष र अन्य त्यस्तै प्रकृतिका कोषबाट भुक्तानी गर्ने र उक्त कोषमा रकम नभएमा वा भएको रकम नपुग भएमा यसरी नपुग भएको रकम अर्को कानुनी व्यवस्था नभएसम्म नेपाल सरक...

जनकपुर बोल्ट्सले जित्यो पहिलो एन पि एल उपाधी

Image
     नेपाल प्रिमियर लिग (एनपीएल)को  पहिलो संस्करणको  उपाधि  जनकपुर बोल्ट्सले  जितेको छ । जनकपुर  बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै सो उपाधि जितेको हो ।      टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे । १८४ रनको लक्ष्य पछ्याउदै जवाफी व्याटिङको लागि मैदान ओर्लिएको जनकपुर बोल्ट्सका ओपनर लाहिरु मिलान्थ...