नेपाल निजामती कर्मचारी संगठनद्धारा आफ्नो ३१औ स्थापन दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न ।
नेपाल निजामती कर्मचारी संगठनको स्थापनाको ३१औ दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङजाले पुतली बजार नगरपालिका वडा न १४ मा रहेकाे पाणिनी आश्रम पाणिनी गुरुकुलमा शैक्षिक सामाग्री तथा स्टेशनरी वितरण गरी आफ्नो स्थापना दिवस मनाएको छ । कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि पाणिनी आश्रमका संथापक गुरु महाराज हंशान्दा स्वामीले निजामती कर्मचारी संगठनले विभिन्न रचनात्मक कार्य गरिरहेको र भविश्यमा पनि यस्तै रचनात्मक कार्य गर्दै जाने प्रेरणा मिलाेस भनी शुभकामना प्रदान गर्नु भएको थियो ।साे अबसरमा स्वामी महाराज हंशान्नद स्वामी ज्यूले श्रीमद भागवत गितामा भगवान श्रीकृष्णले अर्जुनलाई एक प्रसंगमा भन्नु भएको एक श्लोक कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि को प्रसंग उठाउदै निजामती कर्मचारीले पनि जनताको सेवा गर्ने कर्ममा कुनै फलको आशा गर्न नहुने कुरा बताउनु भयो । विगतमा भारतको हरिद्वार तर्फ भएको बाैद्धिक पालायन लाई यस पाणिनी आश्रमले केही हद सम्म रोक्न सफल भ...