Posts

बित्तिय अनुशासन सम्बन्धी प्रशिक्षण सम्पन्न

Image
       गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पाेखराकाे आयोजना र मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय गण्डकी प्रदेश पोखराकाे समन्वयमा प्रदेश अन्तर्गतका निकायहरुमा कार्यरत लेखा सम्वद्ध कर्मचारीहरुका लागि ३ दिने प्रशिक्षण कार्यक्रम (२०७७पाैष १,३)सम्पन्न भएकाे छ।      प्रशिक्षणको उद्धधाटन  प्रतिषठानका कार्यकारी कार्यकारी निर्देशक श्री ऋषिराम पाण्डे ज्यूले गर्नु भएकाे थियो । उद्धधाटन सत्रमा आफ्नो सम्क्षिप्त मन्तब्य व्यक्त गर्दै उहाले व्यवहारमा परिबर्तन  र कार्यसम्पादनमा सुधार गर्नु नै यस प्रशिक्षणको मुल उद्धेश्य रहेकाे कुरा बताउनु भयो ।उद्धधाटन सत्रमा आफ्नाे मन्तव्य राख्दै प्रदेश लेखा नियनत्रक श्री इन्द्र प्रसाद पाैडेल ज्यू ले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके तालिमकाे मुख्य उपलब्धीहासिल हुने कुरा व्यक्त गर्नु भयो । उद्धाटन समारोहको संचालन प्रतिष्ठानका कर्मचारी निर्मला सुब्बाले गर्नु भएकाे थियो ।       प्रशिक्षणको पहिलो प्रशिक्षकका रुपमा आर्थिक मामिला मन्त्रालय गण्डकी प्रदेश पाेखराका सचिव श्री चन्द...

करार ऐन, २०५६

  करार ऐन, २०५६ लालमोहर र प्रकाशन मिति  २०५७।३।१४ २०५७ सालको ऐन नं. ३ संशोधन १. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४ २०६४।५।९ करार सम्बन्धी कानूनको व्यवस्था गर्न बनेको ऐन प्रस्तावना ः करार सम्बन्धी प्रचलित कानून व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । परिच्छेद– परिच्छेद–१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस ऐनको नाम “करार ऐन, २०५६” रहेकोछ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा ः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “करार” भन्नाले दुई वा दुईभन्दा बढी पक्ष बीच कुनै काम गर्न वा नगर्नका लागि भएको कानून बमोजिम कार्यान्वयन गर्न सकिने सम्झौता सम्झनु पर्छ । (ख) “प्रस्ताव” भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रायले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ । (ग) “स्वीकृति” भन्नाले प्रस्तावका कुराहरु प्रस्तावकले जुन अर्थमा लिएको छ सो कुराका सम्बन्धमा प्रस्तावित व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनु पर्छ । ...