Skip to main content

प्रधानमन्त्रीले घोषणा गर्नु भएको अत्यावस्यक सेवा भित्र के के पर्दछन ।




     प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नु भएको छ । सो क्रममा भनिएको अत्यावस्यक सेवा भित्र निम्न सेवाहरु पर्न सक्ने देखिन्छ । यध्यपी सम्पुर्ण सरकारी कार्यालयबाट प्रदान गरिने सेवा समेत पर्ने सो सम्बोधनमा समेटिएको छ ।सम्पुर्ण सरकारी कर्मचारीहरुको सेवा अत्यावस्यक सेवा भित्र पर्ने हो वा होइन भन्नेमा जनमानसमा दुविधा भने कायमै छ । तर राजपत्रमा भने  निम्न सेवाहरु अत्यावस्क सेवा भनि तोकिएको छ ।
  1. डाँक तार वा टेलिफोन सेवा
  2. -जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
  3. -हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत  गर्ने कामसँग सम्बन्धित सेवा
  4. -हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
  5. -प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
  6. -हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
  7. -सञ्चार सेवा
  8. -आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
  9. -खानेपानीको सञ्चालन तथा वितरण सेवा
  10. -पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
  11. -पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
  12. -अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
  13. -औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
  14. -फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,
  15. -बैंकिंङ सेवा
  16. -बीमा सेवा
  17. -विद्युत सेवा
  18. -दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।
  19. - मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा 
  20. यीबाहेकका सेवा दिने निजी तथा संस्था वा व्यवसाय भने ९ गतेदेखि बन्द गर्नु पर्ने भएको छ।





Comments

Popular posts from this blog

प्राबिधिक ग्रेडको उल्झन अब त समाप्त भयो कि ? सर्बोच्चले गर्यो यस्तो फैसला

न्याय सेवा शाखा अधिकृत २०७५।११।१७

प्राविधिक ग्रेड समायोजन हुन वाकी रहेका पेन्सन पाइरहेकाहरुको पेन्सन पनि बढ्ने ।

  अर्थ मन्त्रालयको चलानी न‌‌ ५६९  मिति २०७६।११।०१ काे पत्रानुसार २०५७ साल साउन १ गते अगाडि प्राविधिक पदमा नियुत्ती भइ कार्यरत कर्मचारीहरुले पहिले खाइपाइृ आएको प्राविधिक ग्रेडको दर अब नया एक दिनको तलब रकम बराबर हुने भएको छ । यो नियम संगै अब प्राविधिक पदबाट अनिवार्य अबकास भएका कर्मचारिहरुको हकमा पेन्सन रकम मा समेत उल्लेखनिय बृद्धि हुने भएको छ । त्यसै गरी हाल बहाल रहेका त्यस्ता कर्मचारीहरले अब मासिक तलबमा पुरो प्राविधिक ग्रेडको सट्टा नया दर को एक दिन को तलब बराबरले हुने रकम को २ ग्रेड कायम हुने गरी थप ग्रेड पाउने छन । यसरी थप भएको ग्रेड रकम पेन्सन प्रयोजनको लागि समेत गणना हुने भए बाट बर्षौ देखीको लडाइ समाप्त भएको छ । यस खबरले पुर्ब पेन्सनहरु बढी खुसी देखिएका छन भने बहलवालाहरु भविश्य प्रति अझै बढी आशावादी देखिएका छन । उनिहरुले नेपालमा साच्चिकै कर्मचारी मैत्री सरकार रहेकाे अनुभुती गरेका छन ।